ऐरावती क्याम्पसमा तीज गीत प्रतियोगिता सम्पन्न, सुजना एम.सीको समुह प्रथम



ऐरावती क्याम्पसमा तीज गीत प्रतियोगिता सम्पन्न, सुजना एम.सीको समुह प्रथम

भालुवाङ २७ भदौ । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पसमा तीज गीत प्रतियोगिता कार्यक्रम बुधवार सम्पन्न भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्वभियु) को आयोजनामा भएको मौलिक सचेतनामुलक तीज गीत प्रतियोगितामा सुजना एम.सीको समुह प्रथम भएको छ ।

त्यस्तै प्रतियोगितामा धर्मा शर्माको समुह द्वितीय र सन्ध्या पाण्डेको समूह तृतीय भएका छन् । प्रतियोगितामा ४ वटा समूहले भाग लिएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगीहरुले चेलीका दुख पिडा, देशको वर्तमान अवस्थालाई समेटेर गीत गाएका थिए । स्वभियु सभापती विष्णा भण्डारी (संगिता) को अध्यक्षता एवम् राप्ती गाउँपालिकाका प्रवक्ता तथा २ नम्बर वडा अध्यक्ष पहलवान चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले तीज पर्व मनाउँदा युवा पिढीले मौलिकतामा ध्यान दिन जरुरी रहेको बताएका थिए । पछिल्लो समय तीज पर्वमा पश्चिमी संस्कृति भित्रिएको प्रति दुख व्यक्त गर्दै प्रमुख अतिथि चौधरीले पुराना गीत संगित, बजागाजा र पोशाक तथा खानापानमा ध्यान दिनुका साथै त्यसको संरक्षण गर्न जरुरी रहेको बताएका थिए ।

सो अवसरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशवराज खनाल, क्याम्पस प्रमुख विक्रान्त ज्ञवाली, सहायक क्याम्पस प्रमुख तुलसीराम पौडेल, उपप्रध्यापक भेषबहादुर बुढाथोकी, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा क्याम्पस सञ्चालक समिति, शिक्षक, विद्यार्थी र सञ्चारकर्मीको सहभागिता रहेको थियो । स्वभियु सहसचिव अनिल सुनारको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन स्वभियु सचिव अशोक खनालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे