LISTEN LIVE RADIO

राजश्व कार्यालय तुलसीपुरका अधिकृत सापकोटा नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगद सहित पक्राउ



राजश्व कार्यालय तुलसीपुरका अधिकृत सापकोटा नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगद सहित पक्राउ

दाङ २५ भदाै । बाँकेको राँझा विमानस्थलबाट प्रहरीले २६ लाख नगद सहित नेपाल सरकारका एक जना कर्मचारीलाई पक्राउ गरेकोे छ ।

आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता नारायण डाँगीले जानकारी दिए । प्रवक्ता डाँगीका अनुसार अधिकृत सापकोटालाई विमानस्थलमा सुरक्षा जाँच गर्ने क्रममा उनको झोलामा ठूलो मात्रामा नगद रकम फेला पारेपछि पक्राउ गरिएको हो । नेपालगन्ज (राँझा) विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीको टोलीले सापकोटालाई आज बिहान नियन्त्रणमा लिएको हो ।

स्रोतका अनुसार सापकोटा बिहान ८:४५ बजेको श्री एयरको उडानमार्फत काठमाडौं जाँदै थिए । सापकोटासँगै अर्का एक जना व्यक्ति पनि रहेका थिए । उनी भने फरार भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे