LISTEN LIVE RADIO

म्यानमार सँगको दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपाल १–० ले पराजित



म्यानमार सँगको दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपाल १–० ले पराजित

काठमाडौं २५ भदौ ।  म्यानमारसँगको दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपाल १–० ले पराजित भएको छ । खेलको ८५ औं मिनेटमा नेपालले काउन्टर अट्याकमा गोल खाँदै पराजय बेहोरेको हो ।

८६ औं मिनेटमा मनिष डाँगीको पासमा लकेन लिम्बुले प्रहार गरेको बल पोष्टमा ठोकिएर बाहिरिएको थियो । सोही क्रममा डिफेन्सिभ मुभ सहित काउन्टर अट्याकमा म्यानमारले गोल गरेको हो । म्यानमारका लागि विन न्याङ तुङले ८६ औं मिनेटमा गरेको गोल नै निर्णायक गोल बनेको हो । नेपालका खेलाडीले म्यानमारको गोल अफसाइट भएको माग गरेका थिए । सोही क्रममा नेपालका कप्तान किरण कुमार लिम्बुले पहेंलो कार्ड पनि पाए ।

पहिलो खेल शुक्रबार गोलरहित बराबरीमै टुङ्गिएको थियो । पहिलो खेलमा अञ्जन विष्टले पेनाल्टीमा गोल गर्न चुक्दा नेपाल बराबरीमा रोकिएको थियो । नेपाल फिफा वरीयतामा १७५ औं स्थानमा छ भने म्यानमार १५ स्थान माथि १६० औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे