लुम्बिनी प्रदेशसभाको २५ औं बैठक आज बस्दै, निजामती कर्मचारी विधेयक पारित गर्ने तयारी



लुम्बिनी प्रदेशसभाको २५ औं बैठक आज बस्दै, निजामती कर्मचारी विधेयक पारित गर्ने तयारी

भालुवाङ २२ भदाै । लुम्बिनी प्रदेशसभाको २५ औं बैठक शुक्रबार बस्दैछ। यो बैठकले निजामती कर्मचारी विधेयक पारित गर्ने तयारी छ। आज दिउँसो एक बजे बस्ने बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक’ माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

त्यसपछि सभामुख तुलाराम घर्तीमगरले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। गत असार २२ गते प्रदेश सभामा निजामती विधेयक दर्ता भएको थियो। प्रदेशसभाले विधेयकको दफावार छलफल गर्न प्रदेश मामिला तथा कानुन समितिमा पठाएको थियो। समितिले उपसमिति गठन गरेर विधेयकमाथि छलफल र सुझाव संकलन गरेको थियो । सुझावको आधारमा तयार पारिएको प्रतिवेदन बिहिवार बसेको बैठकमा पेश गरिएको थियो। यस्तै, आजको बैठकमा समसामायिक विषयमा प्रदेशसभा सदस्यहरूले विशेष समयमा बोल्ने समेत कार्यसूची रहेको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे