देउखुरीकाे श्रीगाउँमा करेन्ट लागेर एक जनाको मृत्यु



देउखुरीकाे श्रीगाउँमा करेन्ट लागेर एक जनाको मृत्यु

लमही २२ भदाै । दाङकाे देउखुरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिहीवार राती लमही नगरपालिका– २ श्रीगाउँमा करेन्ट लागेर सोही ठाउँ निवासी ४५ बर्षिया दिलबहादुर चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

बाटोको छेउमा मसलाको रुखले विजुलीको तार चुँडालेको र सडकमा लत्रिएको तारबाट करेन्ट लाग्दा मृत्यु भएको प्रहरीको भनाई छ । चौधरीको घटनास्थलमै मृत्यु भएको थियो । शवलाई पोस्टमार्टमका लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही ल्याइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे