तेजस्वी सरकारीको साधारणसभा तथा अधिवेशन देउखुरीको सिसहनियाँबाट शुरू



तेजस्वी सरकारीको साधारणसभा तथा अधिवेशन देउखुरीको सिसहनियाँबाट शुरू

सिसहनियाँ २१ भदौ । तेजस्वी मातृभूमी बचत तथा ऋण सहकारी संस्था लिमिटेड लमही न.पा.-५, लमहीको चौथो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन आज बिहिबार देखि देउखुरीको सिसहनियाँबाट शुरू भएको छ । भोली भदौ २२ गते शुक्रबार गढवा र २३ गते शनिबार लमहीमा साधारण गर्ने गरी सिसहनियाँबाट साधारणसभा शुरू गरेको संस्थाले जनाएको छ ।

संस्थाका अध्यक्ष जोगमान खड्काको अध्यक्षता एवम् सिसहनियाँ उद्योग बाणिज्य संघका अध्यक्ष पूणर्बहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा संस्थाका सचिव ऋषिराज रावतक्षेत्रीले बार्षिक, आर्थिक र लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यस्तै संस्थाका व्यवस्थापक फणाधर ढकालले संस्था एकीकरणको वर्तमान अवस्था र उज्यालो भबिष्य बचत कार्यक्रमको बिषयमा जानकारी गराएका थिए । संस्थाले आर्थिक बर्ष २०७९/०८० को एकीकरण पश्चात् १७ करोड ९७ लाख ८३ हजार ४ सय ९८ रूपैयाँ १६ पैसाको कारोबार गरेको छ भने ५६ लाख ५१ हजार ४ सय ५५ नाफा गर्न सफल सचिव ऋषिराज रावतक्षेत्रीले जानकारी दिए ।

संस्थाकी उपाध्यक्ष गिरिजादेवी चौधरीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा संस्थाका संस्थापक सदस्यहरू दुर्गाप्रसाद अधिकारी, हिमबहादुर रोकाय र पत्रकार सन्तोषकुमार गुप्ता लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव ऋषिराज रावतक्षेत्रीले गरेका थिए ।

संस्थाले हाल दाङ-देउखुरीको लमहीमा प्रधानकार्यालय स्थापना गरी राप्ती गाउँपालिको सिसहिनयाँ र गढवा गाउँपालिकाको गढवा बजारमा सेवा केन्द्र स्थापना गरी सेवा प्रदान गर्दै आईरहेको छ ।

साथै भदौ २० गते सरल बचत तथा ऋण सहकारी संस्था संग समेत दोस्रो एकीकरण कार्य सम्पन्न भएको संस्थाका व्यवस्थापक ढकालले जानकारी दिए । साथै उनले अन्य सक्षम र सबल सहकारी संस्थाहरू संग एकिकरणका लागि ढोका खुल्ला रहेको समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे