गढवाकी क्यान्सर पिडित चाैधरीलाई देउखुरी माेबाईल संघद्धारा ३७ हजार नगद आर्थिक सहयाेग



गढवाकी क्यान्सर पिडित चाैधरीलाई देउखुरी माेबाईल संघद्धारा ३७ हजार नगद आर्थिक सहयाेग

देउखुरी २० भदाै ।  देउखुरी माेबाईल तथा ईलेक्ट्राेनिक्स ब्यबसायी संघ लमही दाङले गढवाकी एक क्यान्सर पिडितलाई आर्थिक सहयाेग गरेकाे छ । गाउँपालिका-५, खजराैटा निवासी क्यान्सर पिडित  बसन्ती चाैधरीलाई संघले आज बुधबार एक कार्यक्रमका बीच आर्थिक सहयाेग गरेकाे  हाे ।

संघका सदस्य तथा कार्यक्रम संयाेजक हरि चाैधरीकाे संयाेजकत्व एवम् संघका अध्यक्ष जागेश्वर बसेलकाे अध्यक्षतामा सम्पन्न सहयाेग कार्यक्रममा संघका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूबाट संकलन भएकाे कुल ३७ हजार ४ सय १९ रूपैयाँ नगद पिडित चाैधरीलाई हस्तान्तरण गरिएकाे थियाे ।

गढवा गाउँपालिका वडा नंं ५ स्थित चाैधरीकाे आर्थिक अवस्था एकदमै कमजाेर रहेकाे र सहयाेगकाे एकदमै खाँचाे देखिएकाे भन्दै देउखुरीकाे लमही नगरपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका र राजपुर गाउँपालिका क्षेत्रमा माेबाईल ब्यबसायी गर्ने ब्यबसायीहरू र अन्यबाट रकम संकलन गरी सहयाेग गरिएकाे संघका अध्यक्ष बसेलले जानकारी दिए ।

हामीले थाेरै-थाेरै गरी सहयाेग उठाई उपचारमा सहयाेग हाेस् भन्ने हाे, सबैले सहयाेग गरे उपचारमा सहज हुने ठानेर सहयाेग गरेका हाै, संघका महासचिव राजेशकुमार गुप्ताले भने । आदर्श माध्यमिक बिद्यालय देउपुरबाट २०६०/०६१ मा एसएलसी दिईएका ब्याच बिद्यार्थीले समेत सहयाेग गरेकाे महासचिव गुप्ताले बताए ।

कार्यक्रममा बरिष्ठ उपाध्यक्ष पदम केसी, उपाध्यक्ष जितेन्द्र गुप्ता, संघका पदाधिकारी तथा माेबाईल ब्यबसायी सदस्यहरूकाे समेत सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे