LISTEN LIVE RADIO

विभिन्न संघसंस्थाहरुद्वारा निलसागर सेवा आश्रम दाङलाई खाद्यान्न तथा कपडा सहयोग



विभिन्न संघसंस्थाहरुद्वारा निलसागर सेवा आश्रम दाङलाई खाद्यान्न तथा कपडा सहयोग

भालुवाङ २५ साउन । दाङको राप्ती गाउँपालिकामा रहेका विभिन्न संघ संस्थाहरुले बिहिबार निलसागर सेवा आश्रम पिपरीलाई खाद्यान्न तथा कपडा सहयोग गरेका छन्।

राप्ती गाउँपालिका वडा नं. ८ काे सहयोगमा सञ्चालित तीन महिने कटाई सिलाई तालिमका सहभागीहरुले उत्पादन गरेको करिब २० जाेर कपडा आश्रममै आई सहयोग गरेका हुन्। सहयोग सामाग्री हस्तान्तरण गर्दै ८ नम्बर वडाका अध्यक्ष चन्द्रबहादुर गुरुङले पछिल्लो समय सहयोगकाे भावना बिस्तारै कम हुदै गएको प्रति चिन्ता व्यक्त गर्दै समाजसेवा र मानव सेवा प्रति युवा पुस्ताहरुलाई अग्रसर गराउन आवश्यक रहेको बताए । त्यस्तै उनले वडा कार्यालयले प्रदान गरेको सीप र कपडा लाई सदुपयोग गर्दै तालिमका २५ जना सहभागीहरुले उत्पादन गरेको साे कपडा आश्रम लाई सहयोग गर्न पाउदा खुशी लागेको बताए ।यसै बिच आफ्नो ८ औं स्थापन दिवसको अवसरमा सिसहनियाँ उद्योग वाणिज्य संघले १ थान सिलिन्डर ग्यास सहित ५ लिटर खाने तेल, दाल, नुन, चिउरा, भुजा लगायतका सामाग्री सहयोग गरेकाे छ। वाणिज्य संघका अध्यक्ष पुर्ण बहादुर बुढाथोकी, वरिष्ठ उपाध्यक्ष इश्वरी अधिकारी, उपाध्यक्ष युवराज सेन, सचिव मदन पाेख्रेल, प्रगतिनगर शहरी खानेपानी तथा सरसफाइ उपभाेक्ता संस्था सिसहनियाँका अध्यक्ष भरत पाण्डे, संघका सदस्य गिरिराज ज्ञवाली, अशोक शर्मा लगायतका व्यक्तिहरुले सहयोग सामाग्री लिएर आश्रममै पुगेका थिए ।सहयोग सामाग्री हस्तान्तरण पछि संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीले विगतका दिनहरुमा पनि संघको तर्फबाट सहयोग प्रदान गरेकाे स्मरण गर्दै फजुल खर्च गर्नुकाे साटो आश्रममा रहेको बेसाहाराहरु लाई सहयोग गर्दा पुण्य कर्म हुने बताए । त्यस्तै सहयोगी दाताहरुलाई निलसागर सेवा आश्रमका कार्यवाहक अध्यक्ष गरिबु चाैधरीले हार्दिक आभार सहित धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे