LISTEN LIVE RADIO

देउखुरीको लालमटियामा स्व. किशोर पुनकाे संझनामा स्मृतिकप रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरू



देउखुरीको लालमटियामा स्व. किशोर पुनकाे संझनामा स्मृतिकप रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरू

भालुवाङ २६ साउन । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा शुक्रबार देखि प्रथम स्मृतिकप रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरू भएको छ ।युनाइटेड लालमटिया युथ क्लवको आयोजनामा स्व. किशोर पुन( बने दाइ) को स्मृतिमा प्रथम स्मृति कप रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरू भएको हो । क्लवका अध्यक्ष पुर्णबहादुर बरालको अध्यक्षता एवम् राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरीको प्रमुख आतिथ्यतामा भएको खेल उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि चाैधरी स्व. किशोर पुन एक असल समाजसेवी युवा भएको र समाज तथा युवाका लागि रचनात्मक कार्य गर्दै आएकोले उहाँको सम्झनाका लागि खेलकुद पनि आवश्यक रहेको बताएका थिए ।क्लवका सहसचिव भुवन भट्टराईको स्वागत मन्तव्यबाट सुरू भएको खेल उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश जग्गा एकीकरण आयोजनाका अध्यक्ष श्यामेश चाैधरी, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्का, क्लवका सल्लाहकार तथा शिक्षक जिवराज शर्मा, पत्रकार सन्तोष कुमार गुप्ता, समाजसेवी मनबहादुर पुन, स्वर्गीय किशोर पुनका भाई तिलक पुन लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन क्लव सचिव अनिल पाैडेलले गरेका थिए । खेलमा १२ वटा टिमले भाग लिएका छन् ।जसमा शुक्रबारको पहिलो खेल राप्ती युथ क्लव माैरीघाट र युनाइटेड लालमटिया युथ क्लव बीच सुरू भएको छ । खेलमा प्रथम हुनेलाई नगद रू ५० हजार र दोस्रो हुनेलाई नगद रू २५ हजार पुरस्कारको व्यवस्था गरिएको छ । खेलको खर्च स्वर्गीय पुनको परिवारले व्यहोरेको छ । खेल साउन ३१ गते सम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे