LISTEN LIVE RADIO

सुनकाण्ड देखि ठुला भष्ट्रचार सम्ममा वर्तमान सरकार कै संलग्नता छ : उप—महासचिव ज्ञवाली



सुनकाण्ड देखि ठुला भष्ट्रचार सम्ममा वर्तमान सरकार कै  संलग्नता छ : उप—महासचिव ज्ञवाली

भालुवाङ २२ साउन । नेकपा एमालेका उप—महासचिव प्रदिप ज्ञवालीले वर्तमान सरकार आफै भष्ट्रचारमा संलग्न रहेकोले देशमा बलियो शक्ति निर्माण गर्न आवश्यक रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमाले लुम्बिनी प्रदेश स्कूल विभागले आज सोमबार देखि लुम्बिनी प्रदेशको राजधानीस्थल राप्ती गाउँपालिकाको सभाहलमा आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्धाटन गर्दै सो कुरा बताएका हुन् ।

उनले नेकपा एमालेको नेतृत्वमा देशमा बलियो शक्ति बनेमा मात्र देशले सही निकास पाउनु बताए । पार्टीका केन्द्रिय स्कूल विभाग प्रमुख समेत रहेका ज्ञवालीले देश, राष्ट्रियता र स्वाधिनता बलियो हुन लागि एमाले बलियो हुनुपर्ने बताए । उनले एमाले बलियो भए मात्र लोकतन्त्र र राष्ट्र बलियो हुने ठोकुवा समेत गरे ।

उप—महासचिव ज्ञवालीले वर्तमान सरकार सुनतस्करी, ललिता निवास जग्गा प्रकरण र लडाकु शिबिरका घोटाल गर्ने व्यक्ति नै सरकारको सरक्षणमा रहेको अवस्था उल्टै भष्ट्रचार नियन्त्रण गर्न सफल भएको भन्दै गलत प्रचार गरेर जनतालाई झुकाउने काम गरेको आरोप लगाए ।

उनले सरकार कै सेटिङ्गमा २३ पटक सम्म नौ कुइन्टल सुन तस्करी हुँदा भएको बताउँदै त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भन्दा बाहिर राजश्व विभागका कर्मचारी सुन पक्राउ गरेपछि गृहमन्त्री कसैलाई छोड्ने भन्दै प्रचार गरेर सस्तो लोकप्रियता कमाउन खोजेको बताए ।

उद्धघाटन कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएका एमाले उप—महासचिव ज्ञवालीले सुन तस्कर संग आफ्नै पार्टी शिर्ष नेताहरु उठबस्, खानपिन, बेडरुम प्रयोग सम्मका प्रमाण बाहिदा समेत काबार्ही गर्न नसक्ने सरकारले आफूलाई भष्ट्रचार बिरुद्ध निर्मम बन्छौँ भन्नु लजास्पद बिषय भएको टिप्पणी गरे ।

उनले यदि भष्ट्रचारीहरुलाई कार्वाही गर्ने हो भने सबैभन्दा पहिले आफ्नो पार्टी र मोर्चा भित्र बिभिन्न भष्ट्रचारमा संलग्न व्यक्तिहरुलाई कार्वाही गर्नु पर्ने बताउनुभयो । सरकारले निष्पक्ष रुपमा भष्ट्रचारीहरुलाई कावार्ही गर्न तयार रहे एमालेको पूणर् सहयोग रहने बताए । उनले एमाले सधैभरि नै भष्ट्रचार बिरुद्ध रहेको समेत ठोकुवा गरे ।

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कडेलको अध्यक्षतामा शुरु भएको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका ४/४ जना अगुवा नेता कार्यकर्ताहरु गरी ६० जनाको सहभागिता रहेको छ ।

तीन दिन सम्म चल्ने प्रशिक्षण कार्यक्रमको प्रशिक्षकहरुमा पार्टी उप—महासचिव तथा केन्द्रीय स्कुल विभाग प्रमुख प्रदिप ज्ञवाली, केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्दमा अर्याल, पोलिटब्यूरो सदस्य, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरी, केन्द्रीय सदस्य, प्रदेशको स्कुल विभाग संयोजक लक्ष्मण ज्ञवाली, केन्द्रीय स्कुल विभागका सचिव घनश्याम कोइराला, केन्द्रीय स्कुल विभाग सदस्य बद्री खनाल, केन्द्रीय स्कुल विभाग सदस्य, प्रदेश स्कुल विभाग प्रमुख बाइपी आचार्य बलबहादुर आचार्य र प्रदेश कमिटी सदस्य डा. रामबहादुर राउतले प्रशिक्षण दिने कार्यक्रम रहेको लुम्बिनी प्रदेश स्कुल विभाग प्रमुख बाइपी आचार्यले जानकारी दिए ।

साउन २५ गते सम्म चल्ने प्रशिक्षण कार्यक्रममा देशको वर्तमान अवस्था, पार्टीको भाबी रणनिति, कार्यंनिती, संगठन निर्माण, कार्यकर्ता र जनताको अवस्था लगायतका बिषयमा प्रशिक्षण दिइने प्रदेश स्कुल विभाग प्रमुख आचार्यले जानकारी दिए । प्रशिक्षण कार्यक्रम प्रत्येक दिन बिहान ८ बजेदेखि बेलुका ७ बजे सम्म चल्ने आयोजकले जनाएको छ । पार्टीका लुम्बिनी प्रदेश स्कुल संयोजक लक्ष्मण ज्ञवालीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन पार्टीका लुम्बिनी प्रदेश कमिटी सचिव तथा प्रदेश स्कुल विभाग प्रमुख बलबहादुर आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे