LISTEN LIVE RADIO

राप्तीमा युवा चेम्बरले अन्तराष्ट्रिय युवा दिवस मनाउने



राप्तीमा युवा चेम्बरले अन्तराष्ट्रिय युवा दिवस मनाउने

भालुवाङ १३ साउन । दाङको राप्ती गाउँपालिकामा रहेको युवा चेम्बर अफ कमर्सले अन्तराष्ट्रिय युवा दिवस मनाउने भएको छ ।

राप्ती गाउँपालिका चेम्बर अफ कमर्सको मातहतमा रहेको युवा चेम्बर अफ कमर्सले अन्तराष्ट्रिय युवा दिवस मनाउने निर्णय गरेको हो । युवा चेम्बरका अध्यक्ष विष्णुप्रसाद सुवेदीको अध्यक्षता एवम् राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष नेमलाल बेल्वासेको प्रमुख आतिथ्यतामा शुक्रबार सिसहनियाँमा बसेको पहिलो बैठकले सो निर्णय गरेको हो ।

‘दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ, हरित विश्व निर्माणमा हरित सिप विकास’ भन्ने मुल नाराका साथ २४ औं अन्तराष्ट्रिय युवा दिवस साउन २७ गते राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी स्थित धार्मिक तथा पर्यटकीय स्थल खाैराहा बाबामा फुल प्रजातिका बिरुवा रोप्ने, रक्तदान र वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेर दिवस मनाउने निर्णय भएको युवा चेम्बरका महासचिव विकास भट्टराईले जानकारी दिएका छन् ।

कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न उपसमिति गठन गरि जिम्मेवारी समेत बाँडफाड गरिएको महासचिव भट्टराईले जानकारी दिएका छन् । बैठकमा राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका महासचिव वसन्त कुवर क्षेत्री, कोषाध्यक्ष अर्जुन कुमार क्षेत्री, सदस्य बालानन्द आचार्य, प्रेस सल्लाहकार ओमप्रकाश गुप्ता र युवा चेम्बरका पदाधिकारी तथा सदस्यहरूको सहभागीता रहेको थियोे ।

बैठकले दिवसका दिन आयोजना हुने कार्यक्रममा निर्वाचित सांसद, गाउँपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु, विभिन्न राजनितिक दलहरु, युवा क्लव,विद्यालय, पत्रकारहरु र सुरक्षाकर्मी लगायतका सम्पुर्ण युवा संगठनहरुलाई सहभागिता भईदिन अनुरोध समेत गरेको छ । बैठकको सहजीकरण युवा चेम्बरका महासचिव विकास भट्टराईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे