LISTEN LIVE RADIO

दाङ जिल्ला उद्योग वाणिज्य संघले आउँदो असोज ६ गते साधारण सभा र १३ गते अधिवेसन गर्ने



दाङ जिल्ला उद्योग वाणिज्य संघले आउँदो असोज ६ गते साधारण सभा र १३ गते अधिवेसन गर्ने

घोराही ३० असार । दाङ जिल्ला उद्योग वाणिज्य संघले कार्य समितिको म्याद थप्दै अधिबेशन समय तोकेको छ ।

असारमा कार्यकाल सकिए पनि कार्य समितिले आफ्नो समय आफै थपेको हो । कोभीडको समयमा प्रहरी प्रशासनले अधिबेशन गर्न नै रोक लगाएको समयमा तत्कालिन कार्य समितीले केही समय काम गर्नुपर्ने बाध्यता आईलागेको थियो । बर्तमान कार्य समितिले तत्कालिन कार्य समितीले केही समय कार्यकाल लम्बिएकाले अहिले झण्डै तिन महिना कार्य समितीको म्याद आफै बढाएको हो ।

संघको आज घोराहीमा बसेको कार्य समिति बैठकले साधारण सभा आउँदो असोज ६ गते र अधिवेशन असोज १३ गते गर्ने निर्णय गरेको छ । बैठक संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षतामा बसेको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे