LISTEN LIVE RADIO

राप्ती गाउँपालिका स्तरीय युवा चेम्बर गठन, अध्यक्षमा विष्णुप्रसाद सुवेदी



राप्ती गाउँपालिका स्तरीय युवा चेम्बर गठन, अध्यक्षमा विष्णुप्रसाद सुवेदी

भालुवाङ २० असार । राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले आफ्नो मातहतमा रहने गरि युवा चेम्बर अफ कमर्स गठन गरेको छ । चेम्बरले बुधबार आफ्नै कार्यालय सिसहनियाँमा एक कार्यक्रमको आयोजना गरि पालिका स्तरीय युवा चेम्बर गठन गरेको हो ।

युवाहरुको नेतृत्व तथा क्षमता विकास सँगै युवाहरूलाई उद्यमशीलता सँग जोड्न राप्ती गाउँपालिकाको ९ वटै वडालाई समेटेर युवा चेम्बर गठन गरिएको हो । चेम्बरका सदस्य विष्णुप्रसाद सुवेदीको अध्यक्षतामा ७ सदस्य पछि थप गर्ने गरि २१ सदस्यीय युवा चेम्बर गठन गरिएको छ । गठित युवा चेम्बरको प्रथम उपाध्यक्षमा श्रवण आचार्य, दोस्रो उपाध्यक्षमा विनोद सोनी, महासचिवमा विकास भट्टराई, सचिवमा कल्पना पुन मगर, कोषाध्यक्षमा मोतीराम भट्टराई र सहकोषाध्यक्षमा गोमा घर्ती मगर रहेका छन् ।

त्यसैगरि सदस्यहरुमा वर्षा केसी, सिर्जना थापा, पदम परियार, गणेश गौतम, सुनिता परियार, कृतिमान चौधरी, प्रेमबहादुर चौधरी र युकला रेश्मी रहेका छन् ।
राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष नेमलाल बेल्वासेको अध्यक्षतामा भएको कार्यक्रम सम्पन्न भएको थियो । चेम्बरकी प्रथम उपाध्यक्ष श्यामा रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन चेम्बरका प्रेस सल्लाहकार ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे