सांसद चौधरीले गरे आफ्नो निर्वाचन क्षेत्रमा बजेट विनियोजन



सांसद चौधरीले गरे आफ्नो निर्वाचन क्षेत्रमा बजेट विनियोजन

लमही १६ मंसिर ।  दाङ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा बजेट विनियोजन गरेका छन । सांसद चौधरीले क्षिक्षा र सडकलाई प्राथमिकता दिएका छन् । बितेको बर्षमा सम्पन्न गर्नु पर्ने योजनालाई निरन्तरता दिदै, यस बर्ष नयाँ योजनामा पनि सडकलाई प्राथमिकतामा पारिएको उनले बताए ।

लमही नगरपालिका वडा नम्बर ८ को टेङ्नैयाँ हुँदै घोराही उपमहानगरपालिका वडा नम्बर ५ धारापानी मन्दिर सम्मको नयाँ ट्र¥याक खोल्नको लागि पचाँस लाख रुपियाँ विनियोजन भएको छ । देउखुरीकै प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल जखेरातालमा आधुनिक डुंगा खरिद गर्नको लागि दश लाख रुपैयाँ, अघिल्लो वर्ष अधुरो रहेको भवन निर्माणको लागि देउखुरी बहुमुखी क्याम्पसमा २० लाख, गढवा बहुमुखी क्याम्पसको लागि १५ लाख, लमहीको नेत्रज्योती संघको भवन निर्माणको लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

त्यस्तै राजपुर गाउँपालिकाको वडा नम्बर ७ भैसहीँनाकामा रहेको गौरीशंकर माविको भवन निर्माणको लागि १० लाख रुपैँया विनियोजन गरिएको छ । राप्ती गाउँपालिकाको राष्ट्रिय मावि भालुवाङमा १५ लाख रुपैँया, लमहीको विपी स्मृती भवन निर्माणमा १५ लाख रुपैँया बजेट विनियोजन गरीएको छ । त्यस्तै घोराही उपमहानगरपालिका भैसकुर पिपल चौतारा देखि अमृत सोता हुदँै दामोदर सडकको लागि १० लाख रुपैँया विनियोजन गरिएको छ ।

यता लमही नगरपालिका वडा नम्बर ९ मावि अमिलियाको भौतिक निर्माणको लागि १० लाख, मावि पचैयाको भौतिक निर्माणमा १० लाख, ज्ञानज्योती प्रा.वि मानपुर गढवाको लागि १० लाख बजेट विनियोजन गरिएको छ ।

प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीको उपस्थितीमा साँसद सचिवालयले लमहीमा पत्रकार सम्मेलनको आयोजना गरी योजनामा विनियोजीत बजेटको बारेमा जानकारी गराइएको थियो । सांसद चौधरीले महिला सहकारी देखी कुलो सिंचाइँ योजनालाई पनि उत्तिकै प्राथमिकता दिइएको बताए ।

बेला कुलो सिंचाइ योजनाका लागि २५ लाख, घोराही कालीमाटी सिचाँई आयोजनाको लागि १० लाख, गढवा दङगालीछाप कुलो सिंचाँइ योजनाको लागि १० लाख, गढवा कै चिसापानी कुलो बाँध निर्माणको लागि १० लाख, हथेवा सिंचाइ योजनाका लागि १० लाख, धान खोला कृषि सहकारी संस्थाका लागि १० लाख, लमही नगरपालिका वडा नम्बर ७ स्थित रहेको दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थाका लागि १० लाख, राप्ती गाउँपालिका सिसहनियाँ स्थित भृकृटी महिला बचत तथा ऋण सहकारी संस्थाका लागी १० लाख, सौगात थारु महिला भवन निर्माण बडका सिसहनियाँका लागि १० लाख बजेट विनियोजित गरिएको छ ।

त्यसैगरी राजपुरमा पुष्पलाल स्मृति भवनको लागि २५ लाख, राप्ती गाउँपालिकामा रहेको इन्द्रणी यूवा क्लवका लागि पाँच लाख, निवृत राष्ट्र समाज लमहीका लागि १० लाख, देउखुरी प्राथना मण्डली खैरी लमहीका लागि पाँच लाख, लमहीको नरुल इस्लामको लागि १५ लाख, स्वास्थ्य चौकी लमही सतवरीयाको लागि १० लाख विनियोजन गरीएको छ । पत्रकार सम्मेलनमा साँसद चौधरीले अहिले पुरा गर्न नसकिएका योजनालाई तराइ मधेश समृद्धी कार्यक्रमबाट सम्बोधन गरीने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे