गढवामा अखिल नेपाल किसान महासंघ गठन



गढवामा अखिल नेपाल किसान महासंघ गठन

गढवा १६ मंसिर । दाङ देउखुरीकाे गढवामा  अखिल नेपाल किसान महासंघ गठन गरिएकाे छ । किसान महासंघ गढवा गाउँपालिका स्तरिय तेस्रो भेलाले चन्द्रबहादुर केसीकाे अध्यक्षतामा २ रिक्त सहित १३ सदस्यीय अखिल नेपाल किसान महासंघ गठन गरिएकाे छ ।

जसकाे उपाध्यक्षमा डिल्लीराज खनाल, सचिबमा लिला आचार्य, सहसचिबमा राजकुमार योगी र कोषध्यक्षमा केशरबहादुर केसी रहेका छन् । भने  मुक्तीप्रसाद पौडेल, शेरबहादुर अधिकारी, नारायण पौडेल, रिखीराम पन्थी, रेगम गिरी र टुक बहादुर कुवर सदस्यमा रहेका छन् । साथै भेलाले ५ सदस्यीय सल्लाहकार समिती समेत गठन गरेको छ । जसका सदस्यहरुमा गुणनिधी शर्मा, कपिलदेब खनाल, दिनामणी आचार्य, नवराज शर्मा र टुकमान कुवर रहेका छन् ।

किसान महासंघका गाउँपािलका अध्यक्ष चन्द्रबहादुर केसीको अध्यक्षता एवम्  महासंघका जिल्ला उपाध्यक्ष माधबप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा भेला भएकाे थियाे ।

भेलामा राजमो दाङका जिल्ला सल्लाहकार गुणनिधी शर्मा, राजमो जिल्ला सदस्य तथा गढवा गापा अध्यक्ष कपिलदेब खनाल, अखिल नेपाल शिक्षक संघका केन्द्रिय सदस्य लालबहादुर भन्डारी, अखिल नेपाल युबक संघका केन्द्रिय उपाध्यक्ष तथा दाङ जिल्ला अध्यक्ष चित्र एमसी लगायतको उपस्थिती रहेको थियो । उपाध्यक्ष डिल्लीराज खनालको स्वागत मन्तब्यबाट शुरु भएको भेलाको सन्चालन  किसान नेता लिला आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे