देउखुरी बहुमुखी क्याम्पस लमहीमा हिन्दू जागरण विद्यार्थी संघको संगठन विस्तार



देउखुरी बहुमुखी क्याम्पस लमहीमा हिन्दू जागरण विद्यार्थी संघको संगठन विस्तार

विरेन्द्र गिरी, लालमटिया १६ मंसिर ।
हिन्दु जागरण नेपाल विद्यार्थी संघले मंगलवार दाङ देउखुरीको लमही नगरपालिका ५ लमहीमा रहेको देउखुरी बहुमुखी क्याम्पसमा हिन्दू जागरण विद्यार्थी संघको संगठन विस्तार गरेको छ ।

सम्पुर्ण धर्म,संस्कार ,संस्कृति तथा राष्ट्र प्रेमी विद्यार्थीहरु एकजुट होऔं भन्ने अभियानका साथ हिन्दुत्व संरक्षण तथा धर्म परिवर्तन विरुद्धको महाअभियानमा हिन्दु जागरण नेपाल विद्यार्थी संघको संगठन बिस्तार अभियान अन्तर्गत मिरा परियारको अध्यक्षतामा ३५ सदस्यीय इकाई कमिटि गठन गरेको हो ।

जसको उपाध्यक्षमा विनोद शर्मा, सचिवमा भावना घर्ती मगर, सहसचिवमा बालकुमारी रावत र कोषाध्यक्षमा बिरमाला वली रहेका छन् भने अन्य सदस्यमा रहेका छन् । संगठन विस्तारको सहजीकरण हिन्दु जागरण नेपाल विद्यार्थी संघका केन्द्रिय अध्यक्ष नवीन गिरी र हिन्दु जागरण नेपाल विद्यार्थी संघ दाङ्गका जिल्ला अध्यक्ष गौतम चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे