LISTEN LIVE RADIO

लालमटियामा वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम



भालुवाङ ३० वैशाख । आर्थिक मन्दीका कारण बैङ्कहरूले बढाएको ब्याजदरको विरोधमा उद्योगीहरू आन्दोलनमा छन् । अधिकांश सहकारी संस्थाहरू सङ्कटको अवस्थामा पुगेका छन । यस्तो स्थितिमा लघुवित्त संस्थामा बढेको जोखिम न्यूनीकरण गर्न वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रममा लघुवित्तहरूले जोड दिएका छन।

यसै क्रममा देउखुरी लघुवित्त कर्मचारी मञ्चले लालमिटया स्थित कालिका सामुदायिक बनको सभाहलमा देउखुरी लघुवित्त कर्मचारी मञ्चका अध्यक्ष तथा नेशनल माइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्था लिमिटेड जलुकेका शाखा प्रमुख केशवराज पोख्रेलको अध्यक्षता तथा प्रहरी चौकी मसुरियाका कार्यालय प्रमुख प्रहरी नायव निरिक्षक निमबहादुर खत्री को प्रमुख आथित्यता र शिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड का अनुगमन कृष्ण बहादुर अधिकारिको बिशिस्ट अथिति मा वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जनप्रतिनिधि, टोल बिकास समिति तथा स्थानीयहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अहिले देखियको लघुबित्त सस्थाहरु प्रतिको दृस्तिकोन,बचत,कर्जा ,पारिवारिक बजेत अन्य धेरै बिषयमा छलफल भएको थियो । कुनै एक व्यक्तिले लिएको ऋण अर्को व्यक्तिले गरेको बचतको रकम हो भन्ने कुरा ऋणीले कहिल्यै पनि बिर्सनु हुँदैन । आज कसैले म ऋण तिर्दिन भन्यो भने बैंकले बचतकर्ताको रकम फिर्ता दिन सक्दैन, त्यतिबेला ठूलो आन्दोलनको अवस्था आउन सक्छ । सर्वसाधारणले खाइ–नखाई गरेको बचतबाटै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर लघुवित्तले ऋण दिएको शिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड अनुगमन अधिकृत वताए ।

लघुवित्तका कारण नेपालमा धेरै ठूला उपलब्धि भएका छन् । वित्तीय साक्षरता, गरिबी निवारण, महिला चेतना, शिक्षा, स्वास्थ्य, शौचालय निर्माण, खानेपानीजस्ता यावत क्षेत्रमा लघुवित्तले ठूलो योगदान गरेको छ । तर लघुवित्तको ऋण मिनाहा हुन्छ भन्ने भ्रममा नपर्न सचेत समेत गराए ।

कायक्रमको सुभारम्भमा लघुवित्तको विकासक्रमको बारेमा शिभिल लधुवित्त बित्तीय संस्था लिमिटेड लालमतिया शाखा प्रमुख खिमानन्द तिवारी र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड पाखापानीका शाखा प्रमुख रन बहदुर चन्द र फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड नर्तिका शाखा प्रमुख रिसुलाल चौधरीले सुरूवाती चरणबाट लघुवित्तको महत्व के कस्तो थियो र अहिले कस्तो छ यस बारे साक्षर गराएका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रहरी चौकी मसुरियाका कार्यलय प्रमुख प्रहरी नायव निरीक्षक निम बहादुर खत्री , राप्ती गाउँपालिका वडा नम्वर २ वाडा सदस्य टेक बहादुर रावत लगायतले आफ्नो मन्तब्य ब्यक्त गरेका थिए ।

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड सिसहनियाका शाखा प्रमुख शिला जिसीको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रमको संचालन उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड सिसहनियाँका शाखा प्रमुख तथा देउखुरी लघुवित्त कर्मचारी मञ्चका सचिव सन्तोष पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे