LISTEN LIVE RADIO

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. पन्थीद्धारा कार्यभार ग्रहण



देउखुरी २७ वैशाख । डाक्टर जनार्धन पन्थी लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा नियुक्त भएका छन् । बैशाख २० गते बसेको संघिय सरकारको मन्त्रीस्थरीय निर्णय अनुसार डा. पन्थीलाई स्वास्थ्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो। ।

डा.पन्थीले आज स्वास्थ्य मन्त्रालयमा गई कार्यभार सम्हालेका छन् । कार्यभार सम्हाल्दै सचिव पन्थीले विपतको व्यवस्थापनमा प्रदेशका सम्पूर्ण स्वास्थ्य संस्थालाई समयमै सजक अवस्थामा राख्ने निर्णय गरेका छन् ।

यसअघि स्वास्थ्य सचिव रहेका डा विकास देवकोटा बाह्रौँ तहमा बढुवा भई संघीय स्वास्थ्य मन्त्रालयमा गएपछि लुम्बिनीको स्वास्थ्य मन्त्रालय सचिव विहीन थियो । चैत्र २० गते बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश स्वास्थ्य निर्देशनालयमा निर्देशकको जिम्मेवारीमा रहेका एघारौँ तहका डा बिनोदकुमार गिरीलाई स्वास्थ्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो । तर संघिय सरकारको निर्णय अनुसार सचिव नियुक्त हुनु पर्ने भन्दै डा. गिरीको बिरोध हुदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे