LISTEN LIVE RADIO

आगो निभाउने क्रममा जलेर घाइते भएका ४ जनाको मृत्यु



दाङ २७ वैशाख । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर घाइते भएका ४ जनाको मृत्यु भएको छ ।मंगलबार भुमिकास्थान नगरपालिका–२ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका चार जनाको मृत्यु भएको भुमिस्थान नगरपालिका–२ का वडाध्यक्ष बुद्धिबहादुर थापाले जानकारी दिए ।

घाइते मध्ये २ जनाको पाल्पाको मिसन अस्पतालबाट काठमाडौैं लैजादै गर्दा बाटोमा र २ जनाको कीर्तिपुर अस्पतालमा मृत्यु भएको उहाँले बताए। मृत्यु हुनेमा ७२ वर्षीय पिताम्बर बेल्बासे, ५५ वर्षीय पदम बेल्बासेको गयराती बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । ५२ वर्षीय घनश्याम वेल्वासे र ३६ वर्षीय माधव वेल्वासेको कीर्तिपुर अस्पतालमा आज विहान मृत्यु भएको परिवारिक स्रोतले जनाएको छ । घाईते २६ अस्मिता बेल्बासे मिसन अस्पतालमा उपचार भइरहको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे