LISTEN LIVE RADIO

राप्ती गाउँपालिकाका अध्यक्ष विष्टले गरे विपन्न घर्तीकाे घर निर्माणमा ३० हजार रुपैयाँ सहयाेग



राप्ती गाउँपालिकाका अध्यक्ष विष्टले गरे विपन्न घर्तीकाे घर निर्माणमा ३० हजार रुपैयाँ सहयाेग

भालुवाङ २१ वैशाख । दाङकाे राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आफूले प्राप्त गर्ने सेवा सुविधा बापतको रकमबाट पालिकाका एक अति विपन्न परिवारलाई घर निर्माणको लागि आर्थिक सहयोग गरेका छन् ।

गाउँपालिकाकाे वडा नं ३ स्थित नयाँबस्तीमा बस्ने मृगौला राेगी तथा अति विपन्न उमेश घर्ती मगरलाई घर निर्माणमा सहयाेग गर्ने उदेश्यले ३० हजार रुपैयाँको चेक प्रदान गरेका हुन् । २८ वर्षिय घर्ती विगत एक वर्ष देखि मृगौला राेगबाट ग्रसित छन् । हाल उन दुई छाेरा र श्रीमती सहित अरुकाे घरमा भाडामा बस्दै आएका छन् । घर मूली नै राेगले थलिए पछि दैनिक गुजारा चलाउन समेत मुस्लिम परेकाे उनकाे भनाइ छ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी गत वर्ष कतार गएकै ४० दिनमा घर फर्किएका थिए ।अहिले विदेश जादा लागेकाे ऋण तिर्नै गाह्रो भएको उनले बताएका छन् । उनलाई प्रदेश पुर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख छविराज पाेख्रेलले ३ हजार र राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली २ हजार नगद सहयोग गरेका थिए भने निर्माण समाजसेवी गन्जबहादुर विष्ट, तुला गिरी, झग्गु अधिकारी र शरद गिरीले फर्निचरका सामाग्री लगायत ढुङ्गा, गिट्टी, बालुवा सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे