LISTEN LIVE RADIO

जब राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सहित कर्मचारीहरु श्रमदान‍‍‌‌‌‌‌ गर्न थाले……



भालुवाङ २१ वैशाख । दाङको राप्ती गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयहरुले बुधबार एक गरिबको घर निर्माणमा श्रमदान गरेका छन् ।

उनीहरूले गाउँपालिकाकाे वडा नम्बर ३ नयाँबस्ती निवासी मृगौला राेगी तथा अति विपन्न उमेश घर्ती मगरकाे घर बनाउने कार्यमा श्रमदान गरि सहयोग गरेका हुन्। अहिले उनकाे करिब १ कठ्ठा ऐलानी जग्गामा घर निर्माण कार्य थालिएको छ। २८ वर्षिय घर्ती विगत १ वर्ष देखि मृगौला राेगबाट ग्रसित छन् ।हाल उन दुई छाेरा र श्रीमती सहित अरुकाे घरमा भाडामा बस्दै आएका छन् । घर मूली नै राेगले थलिए पछि दैनिक गुजारा चलाउन समेत मुस्लिम परेकाे उनकाे भनाइ छ।

स्वास्थ्यमा समस्या देखिए पछि उनी गत वर्ष कतार गएकै चालिस दिनमा घर फर्किएका थिए ।अहिले विदेश जादा लागेकाे ऋण तिर्न समेत समस्या भएको उनले बताएका छन्। श्रमदान कार्यमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, प्रदेश पुर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख छविराज पाेख्रेल, प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली, वडा सदस्य ईश्वरी परियार, समाजसेवीहरु गाेविन्द अधिकारी,  तुला गिरी, झग्गु अधिकारी, शरद गिरी लगायत स्थानीयहरुकाे सहभागीता रहेको थियाे।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे