प्यूठान बसपार्क संचालनमा अन्यौलता



प्यूठान बसपार्क संचालनमा अन्यौलता
प्यार अलि खाँन,प्यूठान १५ मंसिर ।
टिकुरी स्थित प्यूठान बसपार्क संचालनमा अन्यौलता छाएको छ। बसपार्क देखि बाग्दुलासम्म जोडिने करिब २ सय मिटर दुरी रहेको ट्रयाकमा नाली तथा ग्राभेलको कामको लागि बजेट अभाव भएपछि बसपार्क संचालन समयमै हुने या नहनेबारे चिन्ता थपिएको प्यूठान बसपार्क व्यवस्थापन तथा संचालक समितिका अध्यक्ष शालिग्राम पण्डितले जानकारी दिए।
‘बसपार्कको सम्पूर्ण भौतिक पूर्वाधार तथा संरचनाहरु तयार भैसकेको छ।’ पण्डितले भने, ‘२ सय मिटर बाटो ग्राभेलको लागि बजेट अभाव भयो।’ नगरपालिकाले लागत खर्च भुक्तानी दिने घोषणा गरेमा २ दिनभित्र उपभोक्ता समिति मार्फत सडकको काम सकि बसपार्क संचालन गर्न सकिने पण्डितले बताए। नगरपालिकाको स्वामित्वमा रहेको बसपार्क संचालनमा नगरपालिकाले नै अग्रसरता नदेखाएको प्रति पण्डितले चिन्ता व्यक्त गरे। ‘बसपार्कबाट हुने आम्दानी पनि त नगरपालिकाकै हुनेहोला नी।’ पण्डितले भने, ‘ आम्दानी पाउन केहि लगानी नगरले पनि गर्नुपर्ने दायित्व हुँदैन र?’ बसपार्क निर्माणमा डिभिजन शहरी विकास कार्यालय रोल्पाले अहिलेसम्म करिब ६ करोड रुपैयाँ बजेट लगानी गरिसकेको छ। टिकुरी देखि बसपार्क सम्म ९ मिटर चौडा बाटोमा पिच गर्ने काम धमाधम भैरहेको छ।
‘आयोजनाको वाँकी काम तथा बजेट यहि मंसिरमा नै सकिँदै छ।’ अध्यक्ष पण्डितले भने, ‘आयोजनाकै मुखताके अर्को वर्ष मात्रै बसपार्क संचालनमा आउने अवस्था आउँछ।’ प्यूठान बसपार्क संचालन तथा व्यवस्थापनमा नगरपालिकाको ध्यान पुगिरहेको नगर प्रमुख अर्जुनकुमार कक्षपतिले बताए। ‘बजेटको स्रोत खोजी छिट्टै बसपार्क संचालनमा ल्याउने कुरामा प्रतिबद्ध नै छौं।’ नगर प्रमुख कक्षपतिले भने। प्यूठानकै मुख्य व्यापारीक केन्द्र बाग्दुला तथा बिजुवार बजारमा हुने जाम तथा सवारी दुर्घटना न्यूनिकरण गर्न छिट्टै बसपार्क संचालन गर्नुपर्नेमा स्थानीयहरुले जोड दिएका छन्।
रङरोगोनले चिटिक्क परेको प्यूठान बसपार्कमा काउण्टर भवन, छ वटा सटर सहितको कार्यालय भवन, अपांगमैत्री शौचालय, बसपार्क परिसरभित्र नाली तथा सवारीसाधन रहने पार्किङ क्षेत्रमा पक्की (आरसिसि) ढलान समेत निर्माण सम्पन्न भैसकेको छ। करिब ६ वर्ष पहिले व्यवस्थित बसपार्कको आवस्यक महसुस गरि स्थानीयले प्यूठान नगरपालिका वडा नं ७ टिकुरी स्थित झिमरुक फाँटमा करिब २२ रोपनी खेतीयोग्य जग्गा प्यूठान बसपार्कलाई निशुल्क पास दिएका थिए।
प्यूठान बसपार्क संचालनमा अन्यौलता प्यार अलि खाँन टिकुरी स्थित प्यूठान बसपार्क संचालनमा अन्यौलता छाएको छ। बसपार्क देखि बाग्दुलासम्म जोडिने करिब २ सय मिटर दुरी रहेको ट्रयाकमा नाली तथा ग्राभेलको कामको लागि बजेट अभाव भएपछि बसपार्क संचालन समयमै हुने या नहुनेबारे चिन्ता थपिएको प्यूठान बसपार्क व्यवस्थापन तथा संचालक समितिका अध्यक्ष शालिग्राम पण्डितले जानकारी दिए। ‘बसपार्कको सम्पूर्ण भौतिक पूर्वाधार तथा संरचनाहरु तयार भैसकेको छ।’ पण्डितले भने, ‘२ सय मिटर बाटो ग्राभेलको लागि बजेट अभाव भयो।’ नगरपालिकाले लागत खर्च भुक्तानी दिने घोषणा गरेमा २ दिनभित्र उपभोक्ता समिति मार्फत सडकको काम सकि बसपार्क संचालन गर्न सकिने पण्डितले बताए।
नगरपालिकाको स्वामित्वमा रहेको बसपार्क संचालनमा नगरपालिकाले नै अग्रसरता नदेखाएको प्रति पण्डितले चिन्ता व्यक्त गरे। ‘बसपार्कबाट हुने आम्दानी पनि त नगरपालिकाकै हुनेहोला नी।’ पण्डितले भने, ‘ आम्दानी पाउन केहि लगानी नगरले पनि गर्नुपर्ने दायित्व हुँदैन र?’ बसपार्क निर्माणमा डिभिजन शहरी विकास कार्यालय रोल्पाले अहिलेसम्म करिब ६ करोड रुपैयाँ बजेट लगानी गरिसकेको छ। टिकुरी देखि बसपार्क सम्म ९ मिटर चौडा बाटोमा पिच गर्ने काम धमाधम भैरहेको छ।
‘आयोजनाको वाँकी काम तथा बजेट यहि मंसिरमा नै सकिँदै छ।’ अध्यक्ष पण्डितले भने, ‘आयोजनाकै मुखताके अर्को वर्ष मात्रै बसपार्क संचालनमा आउने अवस्था आउँछ।’ प्यूठान बसपार्क संचालन तथा व्यवस्थापनमा नगरपालिकाको ध्यान पुगिरहेको नगर प्रमुख अर्जुनकुमार कक्षपतिले बताए। ‘बजेटको स्रोत खोजी छिट्टै बसपार्क संचालनमा ल्याउने कुरामा प्रतिबद्ध नै छौं।’ नगर प्रमुख कक्षपतिले भने। प्यूठानकै मुख्य व्यापारीक केन्द्र बाग्दुला तथा बिजुवार बजारमा हुने जाम तथा सवारी दुर्घटना न्यूनिकरण गर्न छिट्टै बसपार्क संचालन गर्नुपर्नेमा स्थानीयहरुले जोड दिएका छन्।
रङरोगोनले चिटिक्क परेको प्यूठान बसपार्कमा काउण्टर भवन, छ वटा सटर सहितको कार्यालय भवन, अपांगमैत्री शौचालय, बसपार्क परिसरभित्र नाली तथा सवारीसाधन रहने पार्किङ क्षेत्रमा पक्की (आरसिसि) ढलान समेत निर्माण सम्पन्न भैसकेको छ। करिब ६ वर्ष पहिले व्यवस्थित बसपार्कको आवस्यक महसुस गरि स्थानीयले प्यूठान नगरपालिका वडा नं ७ टिकुरी स्थित झिमरुक फाँटमा करिब २२ रोपनी खेतीयोग्य जग्गा प्यूठान बसपार्कलाई निशुल्क पास दिए ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे