श्रवण दृष्टिबिहिन अपाङ्गता भएको बिद्यार्थी पढ्ने पहिलो बिद्यालय शान्ती नमुना रुपन्देही



श्रवण दृष्टिबिहिन अपाङ्गता भएको बिद्यार्थी पढ्ने पहिलो बिद्यालय शान्ती नमुना रुपन्देही

विरेन्द्र गिरी, रुपन्देही १५ मंसिर ।
शान्ति नमुना मावि रुपन्देहीमा शिक्षाको नयाँ आयाम थपिएको छ । श्रबण दृष्टिबिहिन बालबालिकाको स्रोत कक्षा संचालन हुने सुनिनिश्चत भई राष्ट्रिय बहिरा महासंघ नेपाल र नेपाल नेत्रहीन संघको सहयोगमा सो श्रोत कक्षा चल्दै छ ।

आइतवार तिलोतमा नगरपालिका वडा नम्बर ७ निवासी प्रशान्त न्यौपाने र सियारी गाउँपालिका वडा नम्बर १ निवासी फुसाङ पुन दुई जना श्रवण दृष्टिबिहिन बालबालिका भर्ना भएका छन् । सो भर्ना अभियानमा राष्ट्रिय बहिरा महासंघका अध्यक्ष केपी अधिकारी र नेपाल नेत्रहीन संघका अध्यक्ष रमेश पोखरेल तथा बिद्यालयको तर्फबाट प्रअ कुलप्रसाद लामिछाने, काठमाडौ परियोजना संयोजक शंकरसिहं चौसिर, एनएबि रुपन्देही प्रोजेक्टका संयोजक प्रेम आचार्य, प्रशिक्षक टिकाराम पौडेल ,लक्ष्मी जिसी, दृष्टिबिहिन श्रोत शिक्षक टिकाराम भुसाल, धर्मगत शर्माको उपस्तिथिमा भर्ना कार्य भएको थियो ।

अपाङ्गता भएको ब्यक्तिको निम्ति भर्ना कार्य निरन्तर रहने बिधालयको प्रअले जानकारी दिएका छन् । उनले बिद्यालयमा वि.सं. २०४५ साल देखि दृष्टिबिहिन श्रोत कक्षा सञ्चालन भएको र श्रवण दृष्टिबिहिन भएको बालबालिकाहरुको निम्ति पनि श्रोत कक्षा सञ्चालन गर्ने अवसर पाएकोमा खुसी ब्यक्त गरेका छन् ।

साथै सो अवसरमा श्रवण दृष्टिबिहिन बालबालिकाको लागि पहिलो औपचारिक शिक्षाको अवसर भएकोले धैर्यता पूर्वक सबैको साथ र सहयोग हुनुपर्ने बहिरा महासंघका अध्यक्ष केपी अधिकारीले बताए । त्यस्तै नेपाल नेत्रहीन संघका अध्यक्ष रमेश पोखरेलले संस्थाको तर्फबाट हुन सक्ने सबै सहयोग उपलब्ध गराई श्रवण दृष्टिबिहिन बालबालिकाको शिक्षामा पहुँच बढाउने प्रतिबद्धता जनाए । सेन्स इन्टरनेशनल यूकेको सहयोगमा परियोजना सञ्चालन भएको हो । परियोजनाले सुरुवातीमा केही प्राविधिक सहयोगको अलावा आय र शिक्षक समेत उपलब्ध गराउने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे