LISTEN LIVE RADIO

अस्पताल भर्ना भएका क्रिकेटर सन्दीप लामिछानेको स्वास्थ्य अवस्था सामान्य



अस्पताल भर्ना भएका क्रिकेटर सन्दीप लामिछानेको स्वास्थ्य अवस्था सामान्य

काठमाण्डौ १५ मंसिर । अस्पताल भर्ना भएका क्रिकेटर सन्दीप लामिछानेको स्वास्थ्य अवस्था सामान्य रहेकाे छ । श्वासप्रश्वासमा समस्या भएपछि क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका थिए ।

काठमाण्डौको ह्याम्स अस्पतालमा भर्ना भएका उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको हो । अस्पतालले यसबाहेक थप जानकारी दिन मानेको छैन ।

लामिछानेलाई गएको शुक्रबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । कोरोनाको सामान्य लक्षण देखिए पनि उनले स्वास्थ्य परीक्षण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे