पाल्पाको जोरधारामा बस दुर्घटना, एक जनाकाे ज्यान गयो १८ जना घाइते



पाल्पा १० वैशाख । पाल्पाको जोरधारामा बस दुर्घटना हुँदा एक जनाकाे ज्यान गएको छ । १८ जना घाइते भएका छन् ।

बुटवलबाट बाग्लुङको हटियाका लागि छुटेको लु १ ख ५९५६ नम्बरकाे बस आज बिहान दुर्घटनामा परेको हाे । घटनास्थलमै ज्यान गुमाएकी महिलाकाे परिचय खुल्न बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

अहिले घाइते १८ जनाको उद्धार भइरहेकाे छ । दुर्घटनाबारे थप जानकारी आउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे