देउखुरीमा युथ्स अफ तुलसीपुरको शाखा गठन, अध्यक्षमा माइकल बस्नेत चयन



देउखुरी १० वैशाख । दाङको देउखुरीमा युथ्स अफ तुलसीपुर नयाँ कार्यसमिती गठन गरिएको छ । शनिबार माइकल बस्नेतको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिती गठन भएको युथ्स अफ तुलसीपुरका अध्यक्ष ऋषिराज लहरे (अरुण)ले जानकारी दिए ।

अध्यक्ष लहरेले नयाँ गठन भएको कार्य समितिलाइ बधाई तथा युवा मैत्री कार्यले युथ्स अफ तुलसीपुरको मान उच्च राख्न युथ्स अफ देउखुरी सफल रहोस भनी शुभकामना व्यक्त गरेका छन् । समितीको अध्यक्षमा माइकल बस्नेत, उपाध्यक्ष इन्द्र बहादुर खड्का, सचीव प्रशान्त बस्याल, सहसचिव रितेश खड्का, कोषाध्यक्ष पबित्रा बिश्वोकर्मा चयन भएका छन् । त्यस्तै सदस्यमा झलक सिंह रसाइली, सुरज पाण्डे, दीपक गिरी, प्रकाश रेग्मी, मधु डीसी र तिलक खनाल चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे