देउखुरीमा एक घरमा आगलागी हुँदा ५ लाख बढीको क्षति



भालुवाङ ९ वैशाख । दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ काे बुढीचाैरमा शनिबार एक घरमा आगलागी भएको छ।

दिउँसो करिब साढे बाह्र बजे राप्ती गाउँपालिका वडा नम्बर ४ बुढीचाैरका प्रेम बहादुर ओलीको घरमा विद्युत सर्ट भई आगलागी भएको हो ।

आगलागीबाट ओलीको तीन काेठे एक तले फुसले छाएको कच्ची घर तथा घरमा रहेका नगद १५ हजार रुपैयाँ सहित खाद्यान्न, लत्ताकपडा, भाडाकुडा, कागज पत्र समेत जल्दा करीब ५ लाख १५ हजार रूपैयाँ बराबरको क्षति भएको प्रहरी चाैकी मसुरीयाका प्रहरी नायव निरिक्षक निमबहादुर खत्रीले जानकारी दिएका छन् । आगलागी नेपाल प्रहरी, आशाका किरण संस्थाका पदाधिकारी र स्थानीयवासी लगायतले नियन्त्रणमा लिएको प्रहरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे