‘जीवन मुल्य शिक्षा’ मा जोड दिंदै दाङकाे गढवा गाउँपालिकामा



गढवा ९ बैशाख । गढवा गाउँपालिकाले हरेक वर्ष शिक्षामा लाखौ लागानी गरिररेको छ । उक्त लगानी गुणस्तरीय शिक्षामा भन्दापनि विद्यालयको भौतीक संरचना लगाएत यत्र तत्र सवत्र खर्च भैरहेको छ तर विद्यार्थीको चेतनामा सुधार भने खासै भएको पाईदैन। कारण हो, विद्यालयहरुले शिक्षामा मात्र जोड दिरहेका छन् व्यवहारीक शिक्षामा खासै सफल भएको पाईदैन ।

यसै कुरालाई मध्यनजर गर्दै दाङ्को गढवा गाउँपालिकाले नयाँ कार्यको थालनी गरेको छ । गढवा गाउँपालिकाले विद्यालयमा विध्यार्थी लाई शिक्षाको साथसाथै व्यवहारीक शिक्षाको आवश्यकता औलाउदै ‘जीवन मुल्य शिक्षा’ अभियानको शुक्रबार शुभारम्भ गरेको छ।

पालिकाले चेतना विकास फाउण्डेशनको प्राविधिक सहयोगमा पालिकाको दुई वटा माध्यमिक विद्यालयहरुमा जीवन मुल्य शिक्षा सुरु गरेको जनाएको छ । पहिलो चरणमा जनता माध्यमिक विद्यालय गढवा र सरस्वती माध्यमिक बिद्यालय बिध्यानगर गोबरडियामा जीवन मुल्य शिक्षा सुरु गरेको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो । पालिका सामुदायिक विध्यालयहरुमा देखिएको समस्या समाधान र विध्यालयहरुलाई ब्यवस्थित गर्ने तर्फ अग्रसर रहेको बताए।

यस आर्थिक वर्ष पालिकामा दुई वटा विद्यालयमा यसको कक्षा सुरु भएको छ । आगामी वर्ष आवश्यकता अनुसार थप विद्यालयमा ‘जीवन मुल्य शिक्षा’ संचालन गर्ने अध्यक्ष पोख्रेलले जानकारी दिनु भयो । कक्षा आठको नतिजा पछी सामाजिक सञ्जालमा आएको प्रतिक्रिया हाम्रा लागि साधारको लागि राम्रो अवसर भएको र आफुले सकरात्मक लिएको बताउनुभयो। गढवा गाउँपालिकाको शिक्षा क्षेत्रलाई अलि फरक तरिकाले सोच्दै र सुधारका लागि पहल गरिरहेको र अर्को नतिजा बाट त्यो सुधार देखिने बताए।

शुक्रबार जनता माध्यमिक विद्यालय गढवामा जीवन मुल्य शिक्षा कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै चेतना विकास फाउण्डेशनका अध्यक्ष कमल सिलवालले शिक्षक र अभिभावक विचको दुरी अन्त्य गरी विध्यालय, शिक्षक र अभिभावकको दुरी शुन्य गरी नमुना एक बर्षमा नमुना विध्यालय बनाउने बताए। सामुदायिक विध्यालयहरुमा अभिभावकको सहभागिता न्युन भएको कारण सोचेको नतिजा/उपलब्धि प्राप्त हुन नसकेको बताए । जीवन मुल्य सिकाइ भनेको विद्यालय र घर जोड्ने पुलको काम गर्ने शिक्षा चेतना विकास फाउण्डेशनका अध्यक्ष तथा प्रशिक्षक कमल सिलवालले बताए ।

कार्यक्रममा बोल्दै प्रशिक्षक तथा चेतना विकास फाउण्डेशनका अध्यक्ष सिलवालले आफु स्वयम् आफु प्रतीे, परिवार, समाज र प्रकृतिको दृष्टि मुलक शिक्षा नै जीवन मुल्य शिक्षा भएको बताउनुभयो। जसले व्यवहारीक रुपमा बुझ्ने शिक्षा नै जीवन मुल्य शिक्षा रहेको कमल सिलवाल बताउछन् । यस भित्र मुख्य दुई वटा उद्देश्य छ । एक शिप मुलक र अर्को दृष्टिकोण मुलक । तर नेपालको शिक्षा हेर्ने हो भने शिप मुलकमा नेपालले ठूलो भुमिका निर्भाह गरेको छ । सिपालु मानिस जन्माएको छ तर नेपालको शिक्षा सफल भएको छैन । फाण्डेसनका अध्यक्ष कमल सिलवाल भन्नछन् ‘समाजमा हुने मुलभुत समस्या समाजको संरचना छ तर वास्तबिक समाज छैन, घर छ परिवार छैन अर्थात् जीवन मुल्य शिक्षाको मुख्य उदेश्य नै व्यवहारीक शिक्षामा जोड दिनु नै रहेको बताए।
जनता माध्यमिक विद्यालय गढवाका विध्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज पोख्रेल अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा उद्घाटन सत्र सम्पन्न भएको हो ।

जिवन मुल्य शिक्षाको उद्घाटन सत्रमा बोल्दै जनता माध्यमिक विद्यालय गढवाका विध्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज पोख्रेलले आठ कक्षाको रिज्लटले चुनौती सहितको ठुलो अवसर प्राप्त भएको बताए । जिवन शिक्षा कार्यक्रमले पुलको काम गर्ने बताउदै जिवन मुल्य शिक्षा पश्चात् सवैलाई प्रथम, द्वितीय र तृतीय स्थान हाँसिल गराउन नसके पनि शिक्षामा भने ठुलो उपलब्धी प्राप्त हुने दावी गरे। जनता माध्यमिक विद्यालय गढवा लाई जिल्लाको नमुना बिध्यालय बनाउने तर्फ आफु अग्रसर रहेको बताउदै अध्यक्ष पोख्रेलले कक्षा आठको नतिजाको समिक्षा र तत्काल यो जिवन मुल्य शिक्षा अभिमुखिकरण गोष्टीको आयोजना हुनु नै परिवर्तन हुने ठुलो सम्भावना भएको बताए।

जिवन मुल्य शिक्षा ओरेन्टेसन कक्षामा जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक/शिक्षिका, सरस्वती माध्यमिक बिद्यालय बिध्यानगर गोबरडियाका प्रधानाध्यापक सुर्य प्रकाश बर्मा, चेतना विकास फाउण्डेशनका सहजकर्ता तुमला ढुङगाना, गिता सिलवाल, अभ्युदय शिक्षा केन्द्र नेपालका राजन थारु, जनता माध्यमिक विध्यालय व्यवस्थापन समितिका सदस्यहरु, लगाएतको उपस्थिति रहेको छ। जनता माध्यमिक विद्यालय गढवाका प्रधानाध्यापक रामसुरत यादवको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण जनता माध्यमिक विद्यालय गढवाका शिक्षक उपेन्द्र चालिसेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे