नेपाल दलित मुक्तिमोर्चा लुम्बिनी प्रदेशको अध्यक्षमा पुन कर्मलाल परियार सर्वसम्मत निर्वाचित



भालुवाङ ७ वैशाख । नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चा लुम्बिनी प्रदेशको अध्यक्षमा पुन कर्मलाल परियार(रोल्पा) सर्वसम्मत निर्वाचित भएका छन् ।

बुधबार दाङको मसुरीयामा सम्पन्न भएको दोस्रो सम्मेलनले परियारकाे अध्यक्षतामा उनान्सय सदस्य नयाँ कार्य समिति चयन गरेकाे हाे । जसकाे बरिष्ठ उपाध्यक्षमा पुरुषोत्तम बराईली (प्युठान), उपाध्यक्षमा आशा बि.क (पुर्बी रुकुम), सचिवमा दुर्गा बहादुर विश्वकर्मा(बर्दिया), सह सचीवमा बसन्त नेपाली (दाङ) र कोषाध्यक्षमा विष्णु परियार (अर्घाखाँची) रहेका छन् ।

सम्मेलन नेपाल दलित मुक्तिमोर्चा लुम्बिनी प्रदेशका अध्यक्ष कर्मलाल परियारको अध्यक्षता एवम् नेकपा माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष तथा पुर्व सभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे