दाङमा लागू औषध ब्राउन सुगर मुद्दाका फरार प्रतिवादी ६ महिनापछि पक्राउ



दाङ २६ चैत । दाङ प्रहरीले लागू औषध ब्राउन सुगर मुद्दाका फरार प्रतिवादीलाई ६ महिनापछि पक्राउ गरेको छ । गएको असोज २९ गते घोराही उपमहानगरपालिका वडा नम्बर १३ वडहरामा लागू औषध ब्राउन सुगर कारोबार भई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले घोराही उपमहानगरपालि वडा नम्बर  १५ का २० वर्षीय सरोज महरा क्षेत्रीलाई ५ ग्राम ४३० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरेको थियो ।

सोही घटनामा संलग्न फरार रहेका घोराही उपमहानगरपालिका वडा नं। १७ गुलरीया चोक निवासी २३ वर्षीय डिम्याक्सलाल जंग दसौदीलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । दसौदीलाई घोराही उपमहानगरपालिका वडा नं। १५ दिपसिखा चोकमा हिडिरहेको अबस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक राजन गौतमले जवानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे