स्थानीय सामुदायिक वन महासंघ राप्तीको अध्यक्षमा दलबहादुर घर्ती सर्वसम्मत निर्वाचित



भालुवाङ २६ चैत । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल अन्तरगत स्थानीय वन महासंघ राप्ती गाउँपालिकाको अध्यक्षमा घण्टदेव सामुदायिक वनका अध्यक्ष दलबहादुर घर्ती मगर सर्वसम्मत निर्वाचित भएका छन् ।

महासंघको आइतवार भालुवाङमा आयोजित दोस्रो अधिवेशनबाट घर्तीकै अध्यक्षतामा एक सदस्य पछि थप्ने गरि १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा गिरीराज पौडेल, सचिवमा सरिता केसी, कोषाध्यक्षमा निर्मला रोका रहेका छन् । त्यसै गरि सदस्यहरुमा गिरबहादुर गाहा, भिमलाल न्यौपाने, तेजबहादुर पुन, भिमबहादुर चौधरी, छविलाल चौधरी, चन्द्रमणी पाण्डे, जगनारायण चौधरी, बसन्ता सार्की कल्पना घर्ती र दुर्गी सार्की रहेका छन् ।

त्यसै गरी शान्ति सुनारको संयोजकत्वमा ३ सदस्यीय लेखा तथा अनुगमन समिति र हुमप्रसाद आचार्यको संयोजकत्वमा ३ सदस्यीय न्यायिक समिति गठन गरिएको छ । त्यस्तै जिल्ला प्रतिनिधिका लागि हरिप्रसाद भुसाल, हरिप्रसाद श्रेष्ठ, टिका पुन मगर, जगदम्बाकुमारी चौधरी, अमृता परियार संगिता बेल्वासेको नाम सिफारिस गरिएको छ भने प्रदेश प्रतिनिधिका लागि सनिराम चौधरी, वेदुलाल सुवेदी, यमबहादुर रोका मगर, श्यामा डाँगी रावत, शिला पौडेल र सिता कुमारी चौधरीको नाम सिफारिस गरि पठाउने निर्णय समेत गरेको छ । महासंघका अध्यक्ष हरिप्रसाद भुसालको अध्यक्षता एवम् जिल्ला वन महासंघका कोषाध्यक्ष कमलराज पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोख्रेलले पछिल्लो समय सामुदायिक वनहरु जेखिममा रहेकाले त्यसको संरक्षणका लागि सवै एक जुट हुन आवश्यक रहेको बताएका थिए ।

सो अवसरमा राप्ती गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, गढवा वन महासंघका अध्यक्ष नवराज शर्मा लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । महासंघ राप्तीका सदस्य तपराज आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासंघका उपाध्यक्ष गिरीराज पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे