प्युठानमा जिप दुर्घटना, दाङका एक युवकको मृत्यु, दुई जना गम्भीर घाइते



प्युठान २६ चैत । प्युठानमा जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । भने अन्य दुई जना घाइते भएका छन । मृत्यु हुनेमा दाङको लमही नगरपालिका ८ निवासी २५ वर्षीय सन्दीप चौधरी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ । यस्तै दुर्घटनामा परी जिप चालक दाङकै गढवा गाउँपालिका ६ निवासी २५ वर्षीय प्रकाश चौधरी र प्युठानको प्युठान नगरपालिका–१ खैरा निवासी १४ वर्षीय प्रवीण जिसी घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्युठानबाट दाङ तर्फ आउदै गरेको लु ३ च ३८५५ नम्बरको तरकारी बोक्ने जिप आइतबार दिउँसो प्युठानको सरुमारानी गाउँपालिका–६ मोतीपुर नजिकै सडकबाट करिब तीन सय मिटर तल माडी नदीमा खसेर दुर्घटना भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे