कानुनी रूपमा भएपनि व्यवहारिक रूपमा धर्मनिरपेक्ष राष्ट्र कार्यान्वय हुन सकेन : पूर्व मन्त्री चाैधरी



देउखुरी २६ चैत । इसाई समुदायकाे महान् दिन ईस्टर सण्डे आज नेपाल सहित बिश्वभर विभिन्न कार्यक्रम गरी मनाईएकाे छ । इसाई धर्मलब्मीहरूकाे प्रभु येशु ख्रिष्ट मृत्युबाट बाैरी उठेकाे सम्झनामा नेपाल सहित बिश्वमा आज कै दिन ईस्टर सण्डे (पुनरउत्थान आईतबार) विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ ।

करिब २०२३ बर्ष पहिले इजराइलमा तत्कालिन राेमी शासकहरूले प्रभु येशु ख्रिष्टलाई काठकाे क्रुसमा फलामकाे किल्ला ठाेकी झुण्डाएर निर्मम हत्या गरिएकाे थियाे । राेमी शासकहरूकाे चर्म यातनाबाट मुत्युबरण हुनुभएका येशु खिष्ट मृत्यु भएकाे तीन दिन पछि बाैरी उठी जिवित भएकाे सम्झनामा प्रत्येक बर्ष इजरालकाे पात्राे अनुसार आज कै दिन याे ईस्टर सण्डे मनाउने गरेकाे बरिष्ठ पास्टर बिदुर एसमीले जानकारी दिनुभयाे ।

यसैबीच लुम्बिनी प्रदेशकाे राजधानी स्थल दाङ-देउखुरीकाे लमहीमा पनि आज आईतबार विभिन्न कार्यक्रम गरी ईस्टर सण्डे मनाईएकाे छ । इसाई धर्मलब्मीहरूकाे छाता संगठन इसाई समुदाय जिल्ला समिती दाङकाे आयाेजनामा बृहत्त ईस्टर (पुनरूत्थान) शान्ति र्याली तथा महाेत्सव २०७९ विभिन्न कार्यक्रम गरी मनाईएकाे हाे ।

इसाई समुदाय दाङका अध्यक्ष सन्त घर्तीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पूर्व शहरी विकास मन्त्री मेटमणि चाैधरीले इसाई समुदायका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोण बेठिक भएको बताउनुभयो । कार्यक्रमकाे प्रमुख अतिथीकाे आसनबाट बाेल्दै पूर्व मन्त्री चाैधरीले कानुनी रुपमा राज्य धर्मनिरपेक्ष भएपनि समाजले अहिले पनि सबै धर्मलाई समान व्यवहार गर्न नसकेको बताउनुभयो । उहाँले समाज सबै धर्मको अस्तित्व स्विकार्नु पर्ने बताउनुभयो । नेकपा एकीकृत समाजबादीका केन्द्रीय सदस्य समेत रहनु भएका संघिय सांसद चौधरीले येशु संसारमा आएर संसारका मनिसलाई पापबाट मुक्ति, शान्ति र स्वन्त्रता दिन सफल भएको बताउनुभयाे । उहाँले अहिले जनताले चुनेका मुक्तिदाता जनप्रतिनिधि जनताका मुक्तिदाता बन्न नसकेकाे समेत आराेप लगाउनुभयाे । साथै उहाँ जनप्रतिनिधिले आफूलाई मुक्तिदाता र जनताका दुख अन्त्य गर्ने अस्त्रका रुपमा लिनुपर्ने बताउनुभयो ।

यस्तै कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्यद्वय दिलु बुढा र देबु गैरले देश दुर्घटनामा गईरहेको बताउँदै देश सञ्चालनका लागि इसाई व्यक्तिहरु सत्ता सञ्चालन गर्ने ठाउँमा पुग्न आवश्यक रहेको जोड दिनुभयाे ।

इसाई समुदाय दाङकी उपाध्यक्ष सीता शाहकाे स्वागत मन्तब्य तथा प्रमुख बक्ता नेश्नल स्ट्राटेिजक लिडर पास्टर मिलन राेकाकाे बचनबाट शुरू भएकाे कार्यक्रममा इसाई धर्मका बरिष्ठ पास्टरहरू सालिकराम शाह, जीवन गुरूङ्ग, नरबहादुर शाह, संगठनका दाङ जिल्ला सल्लाहकार बिबि कुसुम र संगठनका दाङ जिल्ला प्रबक्ता असाेक यादव लगायतका बक्ताले येशु ख्रिष्टकाे महिमा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नु भएकाे थियाे ।

आैपचारिक कार्यक्रम शुरू हुनु अघि दाङ-देउखुरीका विभिन्न चर्चबाट आएका इसाई धर्मका अनुयायी हजाराैँकाे संख्यामा शान्ति र्याली सहित लमही बजार परिक्रम गरी लमहीकाे सार्वजनिक बगैँचामा आैपचारिक रूपमा कार्यक्रम शुरू भएकाे थियाे । कार्यक्रमकाे सञ्चालन संगठनका दाङ जिल्ला सचिव पास्टर सुवास नेपाली र सह-सचिव पास्टर दिलिप ताम्राकारले गर्नु भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे