अर्जुन खोलामा अवैध रुपमा बालुवा उत्खनन् गरिरहेको अवस्थामा १० ओटा टयाक्टर प्रहरी नियन्त्रणमा



लमही २६ चैत । सशस्त्र प्रहरी बल नेपालले अवैध रुपमा बालुवा उत्खनन् गरिरहेको अवस्थामा गएराती १० ओटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ।

लमही नगरपालिका वडा नम्बर ७ बनगाई र हस्नापुर ईलाकामा पर्ने अर्जुन खोलामा गए राति २ बजेको समयमा अवैध रुपमा बालुवा उत्खनन् गरिरहेको अवस्थामा ती ट्र्याक्टरहरु पक्राउ परेका हुन ।

सशस्त्र प्रहरी बल, नेपाल न. ४१ रिजर्भ गण हे.क्वा. अर्जुनखोलाबाट सशस्त्र प्रहरी निरीक्षक ईश्वर डिसीको नेतृत्वमा खटिएको गस्ती टोलीले लमही नगरपालिका वडा नम्बर ७ बनगाईबाट ६ ओटा र सशस्त्र प्रहरी निरीक्षक छबिलाल कुवरको नेतृत्वमा खटिएको गस्ती टोलिले लमही नगरपालिका ७ हस्नापुरबाट ४ ओटा ट्र्याक्टरहरु बालुवा सहित नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएका ट्र्याक्टरहरुलाई आवश्यक कानुनी प्रकृयामा लगिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे