आशाका किरण संस्थाले निलसागरमा खाद्यन्न सहयोग गरेर स्थापना दिवस मनायो



भालुवाङ २५ चैत । दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले आफ्नो दोस्रो बार्षिक उत्सब तथा स्थापना दिवस कार्यक्रम मनाएको छ । संस्थाले दिवसका अवसरमा शनिवार विहान राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा आश्रममा गएर खाद्यन्न सहयोग गरेको छ ।

संस्थाका अध्यक्ष अशोक बेल्वासेको अगुवाईमा आश्रममा पुगेर त्यहाँ रहेका असाय असक्तहरुलाई सहयोग स्वरुप चामल, नुन, तेल, दाल प्रदान गरेको छ । सो अवसरमा बोल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले सामाजिक उत्तरदायित्व अन्तर्गत बेसाहारा आमा बुबालाई सम्झेर सहयोग प्रदान गरेकोमा धन्यवाद दिदै समाज सेवामा अझै अग्रसर भएर काम गर्न सुझाव दिएका छन् ।

त्यस्तै आशाका किरण संस्थाका अध्यक्ष अशोक बेल्बासेले बार्षिक उत्सब तथा स्थापना दिबसको अबसरमा थोरै भए पनि आश्रममा केहि राहत होस भन्नका लागि खाद्यन्न सहयोग गरेको बताएका छन् । विगतका दिनमा पनि सहयोग गरेको र स्थापना दिवसका अवसर पारेर सहयोग गर्न पाएकोमा आफुलाई गर्भ लागेको बताएका थिए ।

यसै बीच संस्थाले राप्ती गाउँपालिका २ लालमटिया स्थित हर्षेडाँडामा औपचारिक कार्यक्रमको आयोजना गरि दिवस मनाएको छ । साथै स्थापना दिवस सँगै संस्थाको कार्यसमिति समेत हेरफेर गरिएको छ । जस अनुसार अध्यक्षमा अशोक बेल्वासेको नेतृत्वमा २ वर्षे कार्यकालमा लागि ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा दिवस आचार्य, उपाध्यक्षमा श्रीधर जिसी, महासचिवमा लोकमणी भुसाल, सचिवमा थमन राना, कोषाध्यक्षमा अस्मिता अधिकारी र सहकोषाध्यक्षमा रिषीराम खनाल रहेका छन् । भने सदस्यमा दिपेश आचार्य र मुना पौडेल रहेका छन् ।

त्यसै गरि संस्थाको साधारण सदस्यहरुमा पवित्रा विक, लक्ष्मी पोख्रेल, सिर्जना थापा, निशाकुमारी चौधरी, ममता गिरी, सुस्मिता थापा, अशोक गिरी, कमल आचार्य, स्वस्तिका खनाल, छविलाल कंडेल, सावित्रा भुसाल, सुष्मा चौधरी र युवराज कडेल रहेका छन् । त्यस्तै प्रेस संयोजकमा ओमप्रकाश गुप्ता र सल्लाहकारहरुमा सुर्यकिरण केसी, माधव खनाल, जगत पोख्रेल, नुमानन्द सुवेदी, होमप्रसाद शर्मा, गणेश आचार्य, जिवराज बस्नेत, नुमानन्द खनाल, दिलिप भुसाल रहेका छन् । भने कानुनी सल्लाहकारमा चुरामणी भुसाल, स्वास्थ्य सल्लाहकार प्रकाश विष्ट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे