LISTEN LIVE RADIO

रुकुम पश्चिमकी एक महिलालाई जिउँदै जलाउन खोजेको आरोपमा दाङका एक युवक पक्राउ



दाङ १० चैत । रुकुम पश्चिमकी एक महिलालाई जिउँदै जलाउन खोजेको आरोपमा दाङका एक युवक पक्राउ परेका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुका ३५ बर्षीय प्रेमबहादुर केसी रुकुम पश्चिमको मुसिकोट नगरपालिका – ९ चौखाबाङ घर भइ वडा नं. ४ ठाराढुँगामा डेरा गरि बस्दै आएकी ३० बर्षीया कृष्णा खड्कालाई पेट्रोल छर्केर आगो लगाउन खोजेको अभियोगमा पक्राउ परेका हुन ।

चैत ८ गते राति पौने ९ बजेतिर कोठा भाडामा एक्लै बस्दै आएकी खड्काको कोठामा प्रबेश गरि प्रेमबहादुरले उनको शरिरमा एक लिटर पेट्रोल छर्केर लाइटर बाली आगो लगाउन खोजेको जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले जानकारी दिए । कृष्णाले गुहार मागेपछि घर धनी लगाएत आसपासका अन्य स्थानीय तत्काल पुगेको र त्यसपछि प्रेमबहादुर भागेको डिएसपी भट्टराईले बताए ।

घटनाबारे तत्कालै स्थानीयले प्रहरीलाई खबर गरेपछि भागेका प्रेमबहादुरलाई घटनाको दुई घन्टा पछि प्रहरीले पक्राउ गर्न सफल भएको डिएसपी भट्टराइले बताए । प्रेमबहादुर बिरुद्ध ज्यानमार्ने उद्योग अन्तरगत मुद्दा दर्ता गरि थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे