बर्गदी घटनाको १९ वर्ष, पीडित भन्छन् : न न्याय पायौं न सम्मान



बर्गदी घटनाको १९ वर्ष, पीडित भन्छन् : न न्याय पायौं न सम्मान

सुमन केसी/दीपक वली, दाङ १३ मंसिर । दाङको बर्गदी हत्याकाण्ड भएको आज १९ वर्ष पूरा भएको छ । घटना घटेको १९ वर्ष पूरा भैसक्दा पनि पीडितहरुले न्याय र सम्मान नपाएका अनुभूति गरेका छन् ।

घटना घटेको १९ बर्ष पूरा भैसक्दा पनि पीडितहरुले न्याय र सम्मानको अनुभूति गर्न पाएका छैनन् । तत्कालीन विद्रोही माओवादीको सशस्त्र द्वन्द्व दबाउन राज्यले देशमा संकटकाल घोषणा गरेको २ दिनपछि बर्गदीमा ११ जना किसानको सामूहिक हत्या गरिएको थियो । तस्वीरमा देखिएका महिलाहुन् , पीडित परिवार जस्को दुस्ख अहिलेसम्म सरकारले देखेकै छैन ।

राज्यले अहिलेसम्म मारिएका किसानहरुको परिवारलाई न न्याय दिन सकेको छ, न कुनै सम्मान गर्न सकेको छ । कष्टकर जीवन बिताइरहेका परिवारहरु राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट समेत बञ्चित छन् । र भन्छन् सरकारले अरु केहि नगरेपनि घरको एक जना सदस्यलाई रोजगार दिनुपर्ने शहीद परिवारकी पार्वती चौधरीले बताइन् । तत्कालीन राज्य र विद्रोही माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको पनि १४ वर्ष बितिसकेको छ ।

शान्ति सम्झौता अनुसार गर्नुपर्ने कार्यहरु धेरै पूरा भए पनि संक्रमणकालीन न्यायको विषय भने ओझेलमा छ । ‘देशका आम नागरिकको बलिदानले समय फेरियो, व्यवस्था फेरियो, देशमा संघीय लोकतान्त्रिक गणतन्त्र पनि स्थापना भयो । तर, शहीद परिवारको अवस्था भने झन पीडादायी बनेको छ ।

घरमा कमाउने मान्छे नै मारिएपछि परिवार आर्थिक रुपमा संकटमा फसेको समेत परिवारको गुनासो छ । राज्यले सीमित राहतको नाममा १० लाख बाहेक अरु केही दिन सकेको छैन शहीद परिवारकी भवन्नि चौधरीले बताइन् । २०५८ साल मंसिर ११ गते संकटकाल घोषणा भएपछि १३ गते घोराही उपमहानगरपालिका १७ बर्गदीमा ११ जना निर्दोश किसानको घोराहीबाट गएको तत्कालीन शाही सेनाले हत्या गरेको थियो ।

खलियानमा सामूहिकरुपमा धान दाइरहेका किसानहरुलाई विना सोधपुछ हत्या गरिएको भन्दै हरेक वर्ष परिवारले आजको दिनलाई कालो दिनको रुपमा सम्झन गरेका छन् । उनिहरुलाई राष्ट्रिय रुपमा सहिद घोषणा गरी त्यहि अनुसार क्षतिपुर्ति दिन समेत सहिद परिवार तथा जिल्ला सञ्जाल दाङ संयोजक प्रकाश चौधरी बताए ।

यता दाङ जिल्लामा बिभिन्न कुराहरुमा कुरा उठाउँदै आएको एन्सेक नेपाल दाङले यो हत्याकान्डको बिषयमा पनि धेरै आवाज उठाउँदै आएको थियो तर अहिलेसम्म सरकारले वेवास्ता गरेको इन्सेक नेपालका दाङका प्रतिनिधि जेएन सागरले बताए । साथै उनले छिटै सरकारले यो कुरामा ध्यान दिन पनि अनुरोध गरे । तर, उनिहरुको सम्झनामा घोराही उपमहानगरपालिका–१७ बर्गदीमा गतवर्ष शहीद स्मृति पार्क निर्माण गरिएको छ ।

पूर्व सभामुख तथा प्रतिनिधि सभासदस्य कृष्णबहादुर महराको संसद विकास कोषबाट प्राप्त १० लाख, महिला कानुन र विकास मञ्च तथा इन्टरनेशनल अलर्टको ३ लाख रकम र वडा कार्यालयको १ लाख रकमबाट शहीद गेट, शहीद स्मारक र पार्क निर्माण गरिएको छ ।

किसानहरुको सम्झनामा निर्माण गरिएको पार्क निर्माण कार्यले शहीद परिवारहरु केही शान्तिको श्वास फेर्ने अवस्था भएको छ । हरेक वर्ष मंसिर १३ गतेका दिन कुनै संघसंस्थाले र तत्कालीन माओवादी पार्टीको वडा समितिले शहीद परिवारलाई अभिनन्दन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे