नेभ्लाको ३१ औँ स्थापना दिवसको अवसरमा निलसागरमा फलफूल वितरण



नेभ्लाको ३१ औँ स्थापना दिवसको अवसरमा निलसागरमा फलफूल वितरण

ओमप्रकाश गुप्ता, सिसहनियाँ १३ मंसिर ।

नेपाल पाराभेटेरीनरी एन्ड लाईभस्टक एसोसिएशनको ३१ औं स्थापना दिवसको अवसरमा दाङमा सप्ताहा व्यापी कार्यक्रम अन्र्तगत फलफूल वितरण गरिएको छ ।

नेपाल पाराभेटेरीनरी एन्ड लाइभस्टक एसोसिएशन दाङको आयोजनामा शनिवार राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा आश्रमका अशक्त, असहाय तथा जेष्ठ नागरिकहरुलाई फलफूल वितरण गरिएको हो ।

केन्द्रको सप्ताह व्यापी कार्यक्रम अनुसार दाङमा पनि यो कार्यक्रम गरिएको नेभ्लाका केन्द्रीय सदस्य कृष्णबहादुर बिष्टले जानकारी दिएका छन् । कार्यक्रममा नेभ्लाका जिल्ला अध्यक्ष खिमबहादुर बस्नेत, जिल्ला सदस्यहरु हेमा बस्नेत, तिलक अधिकारी, प्रेम घर्ती मगर, शिवराज न्यौपाने, आश्रमका जिल्ला अध्यक्ष प्रकाश विष्ट, अभियान्ता देवप्रसाद चौधरी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे