राष्ट्रिय जनमोर्चा दाङले मंसिर १४ गते घाेराहीमा बिरोधसभा गर्ने



राष्ट्रिय जनमोर्चा दाङले मंसिर १४ गते घाेराहीमा बिरोधसभा गर्ने

दाङ १३ मंसिर । राष्ट्रिय जनमार्चा दाङले संघीयता खारेजीको माग गर्दै आइतबार (मंसिर १४ गते) बिरोधसभा गर्ने भएको छ। ‘संघीयता खारेज गरियोस्, कोरोना भाइरसका विरुद्ध प्रभावकारी कदम चालियोस्; भन्ने मूल नाराका साथ देशब्यापी विरोधसभा कार्यक्रम अन्तर्गत दाङकाे घोराही स्थित तुलसीपुरचोकमा बिरोधसभा गर्न लागेको हो ।

राजमाे दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले शनिबार एक प्रेस बिज्ञप्ती जारी गरी सो कुराको जानकारी दिईएको हो। संघीयताले देश टाट पल्टँदै गएको र राष्ट्रियता कमजोर बनेको निष्कर्ष सहित संघीयता खारेजीका लागि संघर्ष गरिरहेको राजमोले पछिल्लाे दिनमा संघीयताकै कारण कोरोना भाइरसविरुद्ध प्रभावकारी कदम चाल्न नसकिएको जनाएको छ ।

संघीयता अन्तर्गत प्रदेश संरचनामा खर्च भइरहेको अनावश्यक ठुलो धनराशी कोरोना संक्रमणविरुद्ध लगाउनुपर्ने राजमोको माग छ । यस्तै, राजमोले भारतद्वारा अतिक्रमित लिपुलेक, लिम्पियाधुरा र कालापानी फिर्ता गर्न सरकार उदासिन रहेको भन्दै सरकारको आलोचना गरेको छ ।

देशमा भ्रष्टाचार बढ्दै गएको र सरकारनै भ्रष्टाचारीको संरक्षक बनेको, कोरोना संक्रमणको प्रभावकारी उपचार नगरिएको, विदेशबाट फर्किएका युवालाई रोजगारी दिनेबारे कुनै योजना नबनेको, सरकारले किसान र विद्यार्थीका समस्यालाई वेवास्ता गरेको, तथा महिला, बालबालिकामाथि जघन्य अपराधका घटना बढ्दै गएको भन्दै त्यसविरुद्ध देशब्यापी संघर्षको घोषणा गरेको हो ।

भाेली मंसिर १४ गते आइतबार घाेराहीकाे तुलसीपुर चाेकमा दिउँसाे १ बजे हुने बिशाेधसभा कार्यक्रममा उपस्थितिका लागि राजमाे दाङले पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, देशभक्त नागरिक, विद्यार्थी र सञ्चारकर्मी सबैमा अनुराेध समेत गरेकाे छ ।

यस्ताे छ, विज्ञप्तीकाे पूर्णपाठ….

राष्ट्रिय जनमोर्चा जिल्ला समिती दाङ देउखुरी

विषय – प्रेस बिज्ञप्ती

हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा अन्तरिम संविधान २०६३ लाई संसोधन गरि सघीयता उल्लेख गरेदेखी नै लगातार रुपमा यसको बिरोध गर्दै आइरहेको छ । नेपालको केही विशिष्ट अबस्था र आर्थिक रुपमा कमजोर भएको हुदा संघीयता नेपाल को लागि सहि थिएन ।

त्यो कुरा अहिले प्रमाणित भएको छ । धेरै तिर बाट त्यसको बिरोध हुँदै आएको छ । एकातिर आर्थिक रुपमा कमजोर भएको कारण कोरोनाको उपचार समेत हुन सकेको छैन । अर्को तर्फ अनावश्यक संघीय संरचनाका कारण अरबौ नोक्सान भइरहेको छ ।

त्यसैले हाम्रो पार्टीले अनावश्यक संघीय संरचना खारेज गरि त्यहा खर्च हुने पैसाले आम नागरिक को पिसिआर परिक्षण गर्न र कोरोना उपचार गर्न जोडदार माग गर्दै आइरहेको छ । यसको अलबा अहिले राष्ट्रियता, जनतन्त्र र जनजिबिकाका सबालहरु पनि गम्भीर बनेका छ्न ।

जिल्लामा बिकाश निर्माणका कामहरुमा चरम लापरबाही भैरहेको छ । भ्रष्टाचार ले देश नै बदनाम भएको कुरा ट्रास्फरेन्सीको रिपोर्ट ले प्रमाणित गरेको छ । यिनै विषयहरुका बिचमा हाम्रो पार्टी ले यहि मंसिर १४ गते दिउँसो १ बजे घोराही को तुलसीपुर चोकमा बिरोध सभाको कार्यक्रम गर्दैछ ।

उक्त कार्यक्रममा उपस्थितिको लागि सम्पुर्ण पार्टी कार्यकर्ता , देशभक्त नागरिक , संचारकर्मी , युबा बिद्यार्थी लगाय सम्पुर्णमा हार्दिक अनुरोध गर्न चाहान्छौ । मिति २०७७/०८/१३ क्रान्तिकारी अभिबादन ।

गणेश आचार्य

अध्यक्ष

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे