LISTEN LIVE RADIO

महिला पत्रकारहरुका लागि खोजमुलक पत्रकारिता तालिम सम्पन्न



घोराही २८ फागुन । बोलेर भन्दा लेख्ने अभ्यासको सिकाईबाट तालिमको प्रभावकारिता हुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । महिला पत्रकारहरुका लागी खोजमुलक पत्रकारिता तालिमका सहभागीले यस्तो धारणा राखेका हुन । पछिल्लो समय खोजमुलक पत्रकारिता प्रति पत्रकारको ध्यान कम हुदै गएको बताउँदै सहभागीले पत्रकारिता क्षेत्रबाटै केहि गर्छु भन्ने महिला पत्रकारहरुका लागी यो पेशा त्यतिकै चुनौति पूर्ण पनि रहेको बताएका छन् ।

तालिमका सहभागी प्रशीक्षार्थीहरुले तालिमको अबधिभर धेरै कुरा सिक्ने अबसर प्राप्त गरेकाले आगामी दिनमा खोजी पत्रकारितामा थप सहयोग पुग्ने बताएका थिए । पुरुषहरुसँगको तुलनामा महिला पत्रकारहरु मात्रै भएको ठाउँबाट तालिम लिदै गर्दा अझ आफूहरु खुलेर बोल्न सक्ने बाताबरण बनेको र यसले आफूमा आत्मविश्वास बढ्ने भन्दै प्रशीक्षार्थीहरुले खुशी समेत ब्यक्त गरेका थिए । महिला पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चारिका समुह लुम्बिनी प्रदेशको आयोजना र आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशको सहयोगमा दाङको घोराहीमा तालिम सञ्चालन भएको थियो ।

तालिममा दाङ सहित रोल्पा र प्यूठानका गरी २५ बढी महिला पत्रकारहरुको सहभागिता रहेको थियो । शनिबारदेखि सुरु भएको तालिममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी र सञ्चारिका समूह लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोलले प्रशिक्षण दिनु भएको थियो ।।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे