LISTEN LIVE RADIO

रोटरी क्लव अफ राप्ती स्थापना, अध्यक्षमा न्यौपाने चयन



देउखुरी २८ फागुन । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकामा रोटरी क्लव अफ राप्ती स्थापना भएको छ ।
विभिन्न पेशामा आवद्द २१ जना युवाहरुको पहलमा स्थापना भएको रोटरी क्लव अफ राप्तीको अध्यक्षमा बासुदेव न्यौपाने चयन भएका छन् । जेष्ठ सदस्य भरतमणी न्यौपानेको अध्यक्षतामा आज बसेको बैठकले न्यौपानेलाई २०२३/२०२४ का लागि अध्यक्षमा चयन गरेको हो । लामो समयदेखि पत्रकारीता र व्यवसायका सार्थै समाज सेवा गर्दै आएका न्यौपाने यस हाम्रो लुम्बिनी न्युज डटकमका अध्यक्ष तथा प्रधानसम्पादकका साथै स्वास्थ्य पत्रकार मन्च नेपालका लुम्बिनी संयोजक समेत रहेका छन् ।
त्यसैगरी बैठकले वर्ष २०२४/२०२५ को अध्यक्षमा तपराज आचार्य, प्रस्थावित अध्यक्षमा जगत प्रसाद पोख्रेल चयन गरेको छ । यसैगरी प्रथम उपाध्यक्षमा इश्वरी प्रसाद अधिकारी, दृतिय उपाध्यक्षमा डा. शंकरनाथ योगी, सचिवमा शिशिर पोख्रेल र कोषाध्यक्षमा गोपाल आचार्य चयन भएका छन् । त्यसैगरी क्लव एड्मिस्टेशन पुजा खनाल र अनिल पौडेल, क्लव सदस्यतामा भरतमणी न्यौपाने, पब्लिक इमेज अफिसरमा अशोक बेल्वासे, सर्भिस प्रोजेक्टमा बसन्त पुन, युथ सर्भिसमा आषिश न्यौपाने, टिआरएफ केशर केसी रहेका छन् ।
यसैगरी सदस्यहरुमा बसन्त गिरी, दोर्ण आचार्य, माधव खनाल, ऋषी भुसाल, चन्द्रमणी खनाल, अनिल केसी र श्याम न्यौपाने(होटल पौवा) रहेका छन् । सामाजिक एकता र मानवीय सेवा भावलाई स्थापित गर्नु क्लवको मुख्य उदेश्य रहेको रोटरी क्लव अफ राप्तीका अध्यक्षमा बासुदेव न्यौपानेले बताए । ‘सामाजिक र मानवीय उत्थानका लागि आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथी रहेर सामाजिक सेवा भावले क्लव स्थापना गरिएको हो’ अध्यक्ष न्यौपानेले भने ‘सामाजिक सेवा भावले काम गर्दा सोच, भन र गर लाई आत्मसाथ गर्दै अगाडी बढ्ने छौ ।’
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे