LISTEN LIVE RADIO

भालुवाङ महोत्सवमा अहिले सम्मकै भिड, ज्योती मगरको प्रस्तुतीमा दर्शक झुमे



भालुवाङ २७ फागुन । दाङको राप्ती गाउँपालिका १ भालुवाङमा सञ्चालन भइरहेको पाँचौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवको शनिवार नवौंं दिन पनि राष्ट्रिय र स्थानीय कलाकारहरुले मञ्च तताएका छन् ।

“कृषि उद्योग, व्यापार तथा पर्यटनको शान, राप्ती कृषि पर्यटन महोत्सव २०७९ को अभियान” भन्ने मुल नाराका साथ राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा फागुन १९ गते देखि चैत १ गते सम्म भालुवाङ पुल्चोक स्थित निमार्णाधिन बसपार्कमा महोत्सव सञ्चालन गरिएको छ । महोत्सवमा चर्चित लोक दोहोरी गायिका तथा मोडेल ज्योती मगर आउने भनेपछि दर्शकको ओइरो लागेको थियो जब मञ्चबाट ज्योति मगरको नाम लिने बित्तिकै चारैतिरबाट हुटिंग र तालीको गडगडाहट सुरु भयो ।

गायिका मगरको स्वर गुञ्जिने बित्तिकै महोत्सवमा वरीपरी छरीएर बसेका दर्शकहरु एकाएक उठेर झुम्मिन थाले । उनले गाएका सबै गितहरुमा दर्शकहरुले मनोरञ्जन लिएका थिए । चर्चित लोक दोहोरी गायिका तथा मोडेल ज्योती मगरले भन्देउ नानी पानी हो कि जवानी, पिरतीमा दम छ, चोरी खाना पल्केको यो ढारे विरालो लगायतका गितबाट दर्शकहरूलाई नचाएकी थिइन् । उनको गितमा दर्शकहरूले हुटिङ गर्दै नाचेका थिए । त्यस्तै महोत्सवमा चर्चित लोक दोहोरी गायक चन्द्र शर्मा, गायिका पुजा पुरी, मोडेल तथा डान्सर सगुन थापा, टप शोनी डान्स ग्रुप र एलिसा डान्स ग्रुपले दर्शकहरुलाई छमछमी नचाएका थिए । भने स्थानीय कलाकारहरुले पनि आ–आफ्नो प्रस्तुति दिएर दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । भने गायक तथा उद्घोषक अनुप बुढा, डान्सर तथा उद्घोषक दिपक बर्मा, उद्घोषिका वर्षा पाण्डेले कार्यक्रमलाई उद्घोष गरेर रोचक बनाएका थिए । महोत्सवमा अहिले सम्म कै भिड शनिवार रहेकाे थियाे । शनिवार मात्रै करिव ५ हजार दर्शकले मेला हेरेकाे आयोजकले जानकारी दिएको छ ।

यसैगरी भोली फागुन २८ गते चर्चित गायिका सिर्जना खत्री, चर्चित बाल गायक सुप्रिम मल्ल, गायक तथा मोडेल विजय पुन, मोडेल तथा डान्सर आरुषी मगर लगायतका कलाकारहरु आउन लागेको मेला व्यवस्थापक एसके शर्माले जानकारी दिएका छन् ।
महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने र ९ करोड बराबरको कारोबार गर्ने लक्ष्य राखिएको छ । महोत्सवबाट भएको आम्दानीले उद्योग वाणिज्य संघको भवन निर्माण तथा फिल्ड मर्मत गर्ने र केहि रकम लालमटियामा रहेको दृष्टिविहिन छात्राबासको भवन निर्माणमा समेत सहयोग गर्ने आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला तथा पशुजन्य उत्पादनको प्रर्दशनी, विभिन्न जातजातिको झाँकी प्रर्दशन, बाल उद्यान, विभिन्न खालका प्रतियोगिताहरुको प्रतिस्पर्धा गराईने राप्तीको समग्र पर्यटन र प्रवद्र्धन विकासका लागि चरखे पिङ्ग, झुला, बालबाललिका लागि रमाईलो खेल लगायत अन्य थुप्रै आकर्षणका केन्द्रहरु रहेका छन् । महोत्सव अवधीभर ख्याती प्राप्त केन्द्रिय, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको वेजोड प्रस्तुती रहने, महोत्सव अवधीभर खुल्ला नृत्य प्रतियोगिता देउखुरी आइडल समेत रहेको संघका अध्यक्ष खड्काले जानकारी दिएका छन् । देउखुरी आइडलमा प्रथम हुनेलाई नगद २० हजार र २ वटा म्युजिक भिडियोमा खेलाइने छ भने दोसो हुनेलाई नगद १५ हजार र १ वटा म्युजिक भिडियोमा खेलाइने छ भने तेस्रो हुनेलाई १० हजार र चौथो हुनेलाई ५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

महोत्सवले यस क्षेत्रको समग्र शैक्षिक, आर्थिक, सामाजिक, साँस्कृतिक, कृषि, उर्जा एवम् पर्यटन लगायतका समग्र क्षेत्रको विकास गर्ने लक्ष्य लिइएको छ । त्यस्तै प्राकृतिक विविधताले भरिपूर्ण र थुप्रै संम्भावनाहरु बोकेको राप्तीको औद्योगिक, पर्यटकीय, कृषिजन्य, उर्जा एवम् विविध साँस्कृतिक तथा धार्मिक धरोहरहरुको समेत प्रबद्र्धन र प्रचार–प्रसार गर्नमा यस महोत्सवको औचित्य रहेको ठहर गरिएको छ ।
महोत्सव अवधीभर प्रवेश शुल्क प्रति व्यक्ति ७०, विद्यार्थीका लागि ५० रुपैयाँ, अपाङगता, जनआन्दोलनका घाइते, दृष्टिविहिन, जेष्ठ नागरिक तथा पत्रकारहरुलाई परिचयपत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको भने ५ वर्ष भन्दा मुनिका बालबालिकाहरुको सन्दर्भमा शुल्क नलाग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे