LISTEN LIVE RADIO

पत्रकार महिलाको लागि दुई दिने खोजमुलक तालिम दाङकाे घाेराहीमा शुरू



दाङ २७ फागुन । पत्रकार महिलाहरुको लागि दुई दिने खोजमुलक तालिम शनिबार देखि दाङको घोराही शुरु भएको छ । सञ्चारिका समुह लुम्बिनी प्रदेशकाे आयाेजना एवम् लुम्बिनी प्रदेश आन्तिरक मामिला तथा सहकारी मन्त्रालयकाे सहयाेगमा तालिम शुरू भएकाे हाे ।

सञ्चारिका समूह लुम्बिनी प्रदेशकी अध्यक्ष अमृता अनमाेलले महिला पत्रकारहरुको लेखन क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताइन् । महिला पत्रकारहरु पछिल्लो समय पारिवारिक कारण तथा सञ्चारगृहबाट समयमा पारिश्रमिक नपाउँदा पेशाबाट पलायन हुने तितो यथार्थ रहेको बताइन् । उनले सञ्चारिका समुहले लेख्ने पत्रकार महिलाहरुको लागि अवसर सिर्जना समेत गरिदिएको बताइन् ।

त्यस्तै नेपाल पत्रकार महासङ दाङका अध्यक्ष दुर्गालाल केसीले पत्रकारिताका विविध विषयक प्रशिक्षण दिएका छन् । उनले समाचार लेख्नका लागि विषयक छनोट गर्नुपर्ने, अरुका समाचार पढ्ने बानीको बिकास गर्नुपर्ने बताए । अध्ययन बिनाको लेखाइ उत्कृष्ट नहुने भएकाले त्यतातिर ध्यानदिन आग्रह गरे । केसीले खोजपूर्ण र खाेजमूलक विषयवस्तुमा रहेर समाचार संकलन गर्नुपर्ने बताए ।

पत्रकारिता क्षेत्रमा महिलाहरुकाे क्षमता विकास र लेखनमा अभिवृद्धि गराउने सो खोजमुलक तालिममा दाङ, रोल्पा र प्युठानका २५ जना पत्रकार महिलाहरुको सहभागिता रहेको छ ।

तालिममा सन्चारिकाका लुम्बिनी प्रदेश सल्लाहकार नारायणी रजौरेले पत्रकारिता गर्दाका अनुभवहरु सुनाएकी थिइन् । प्रदेश अध्यक्ष अमृता अनमोलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सदस्य रञ्जिता अधिकारीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे