LISTEN LIVE RADIO

लुम्बिनी प्रदेशमा मण्डला आकारमा प्रदेशको प्रशासनिक भवन बन्न शुरू



भालुवाङ ३ फागुन । लुम्बिनी प्रदेश सरकारले प्रदेशको प्रशासनिक भवन बनाउन थालेको छ । मण्डला आकारमा मुख्यमन्त्री कार्यालय सहित अन्य ९ वटा मन्त्रालयको भवन निर्माणको काम सुरु भएको हो ।

प्रदेश सरकार स्थापना दिवसको अवसरमा मुख्यमन्त्री कार्यालयको भवन शिलान्यास गरिएको छ । बुधवार प्रदेशका मुख्यमन्त्री लिला गिरीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको शिलान्यास गरेका हुन्।

संघियता कार्यान्वयन गर्न प्रदेशको संरचना बलियो हुनुपर्ने र लुम्बिनीबाट उदाहरणीय कामको सुरुवात भएको बताए । अन्य प्रदेशको तुलनामा लुम्बिनीले आफ्नै प्रशासनिक केन्द निर्माणलाइ प्राथमिकता राखेको उनको भनाई छ ।

तीन अर्ब ९ करोड २९ लाख ३८ रुपैयाँ ७२ पैसाको लागतमा सुविधा सम्पन्न मन्त्रालय भवन निर्माण गरिने छ ।

मुख्यमन्त्री कार्यालय ६ तलाको हुने छ । लिफ्ट सहित अपांगमैत्रि भवन निर्माण हुने खानेपानी, ग्रामिण तथा शहरी विकास मन्त्रालयले जनाएको छ ।

अन्य मन्त्रालय भवन पाँच तलाको हुने छ । त्यहाँ पनि अण्डरग्राउण्ड पार्किङ्ग र लिफ्ट जडान गरिने छ । आयोजना कार्यान्वयनलाई गति प्रदान गर्ने योजना सरकारको छ ।

मन्त्रालय निर्माणको जिम्मेवारी शर्मा सगुन जेभि सितापाईला, काठमाण्डौंले लिएको छ । निर्माण कम्पनीका प्रतिनिधि शौरभ शर्माले निर्धारित समय भित्र काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मन्त्रालय भएकै क्षेत्र भित्रको खाली जग्गामा नयाँ प्रशासनिक भवन बनाउने काम अघि बढेको हो ।

१७ विगाह १९ कट्ठा ४ धुर जग्गामा प्रदेशको प्रशासनिक केन्द्र फैलिएको छ । २०७७ असोज २० मा प्रदेश सभाको दुई तिहाई बहुमतले राजधानी राप्ती उपत्यका देउखुरी र नाम लुम्बिनी तोक्ने निर्णय गरेको थियो । राजधानी कार्यान्वयनमा हाल सम्म बनेको तीन वटै सरकारले प्राथमिकता राखेर काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे