LISTEN LIVE RADIO

देउखुरीको पहरूवामा महाशिवरात्री धार्मिक मेला तथा साँस्कृतिक कार्यक्रम हुने, मन्त्री थारूले उद्घाटन गर्ने



सिसहनियाँ ३ फागुन । दाङ देउखुरीको राप्ती गाउँपालिका ५ पहरुवा स्थित शिवसवरी धाम धार्मिक केन्द्रमा महाशिवरात्री धार्मिक मेला तथा साँस्कृतिक कार्यक्रम सञ्चालन हुन लागेको छ ।

शिवरात्री पर्वको अवसरमा फागुन ५ गते देखि ७ गते सम्म कार्यक्रम हुन लागेको हो । मेलाको उद्घाटन गर्न लुम्बिनी प्रदेशका भाैतिक पुर्वधार विकास मन्त्री इन्द्रजित थारूले उद्घाटन गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक ओमप्रकाश गुप्ताले जानकारी दिएका छन् । विहान ११ बजे मन्दिर परिसरमा कार्यक्रम हुने बताइएको छ ।

शिवसवरीधाम धार्मिक केन्द्रको आयोजनामा सञ्चालन हुन लागेको मेलामा फागुन ५ गते अनाैपचारिक साँस्कृतिक कार्यक्रम, फागुन ६ गते विहान ४ बजे देखि विहान ११ बजे सम्म गंगा स्नान तथा पुजापाठ, सोही विहान ११ बजे मेला उद्घाटन तथा नृत्य प्रतियोगिता, सोही दिन राती ७ बजे दिन राष्ट्रिय तथा स्थानीय कलाकार सहितको साँस्कृतिक कार्यक्रम र फागुन ७ गते विहान ११ बजे समापन कार्यक्रम तय भएको कार्यक्रम संयोजक गुप्ताले जानकारी दिएका छन् ।

कार्यक्रममा विभिन्न जातजातिको कला संस्कृति झल्किने नृत्य तथा गित संगितहरु, चर्चित गायक भुपु पाण्डे सहितका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले बताएको छ । मेलामा ३३ कोटि देवी देवताको दर्शन गर्न सकिने, नमुना त्रिशुल, १६ केजीको ४ वटा घण्ट,१०८ धारा, कैलाश पर्वत र गोवर्धन पर्वत हेर्न सकिने, विभिन्न गेम आइटमहरु, बच्चाका खेलौनाहरु, बिजुली बत्तीको व्यवस्था भएको, गाडी पार्किङको व्यवस्था रहने आयोजकले जानकारी दिएको छ । साथै कार्यक्रममा सहभागिताका लागि आयोजकले सवैमा अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे