राष्ट्रियसभा सदस्यमा एमालेका कुमार दशौदी बिजयी



दाङ २५ माघ । राष्ट्रियसभा उपनिर्वाचनमा सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा एमालेका उम्मेदवार कुमार दशौदी बिजयी भएका छन् । खसेको कुल मतभार ७ हजार ९ सय मत मध्ये दशौदीले प्रदेशतर्फ २०६४ र स्थानीय तहतर्फ १९६२ गरी जम्मा ४ हजार २६ मतभार प्राप्त गरि बिजयी भएका हुन् ।

नेपाली काङ्ग्रेसका माधवप्रसाद आचार्यले प्रदेशतर्फ १७७६ र स्थानीय तहतर्फ १९४४ जम्मा ३७२० मत प्राप्त गरेका थिए । नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायले १ सय ९२ मतभार प्राप्त गर्नुभएको निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।

प्रदेश सभातर्फ १ सय ४४ मतभार बदर भएको थियो ।
लुम्विनी प्रदेशबाट राष्ट्रियसभा रिक्त एक सदस्य चयन गर्नका भएको मतदानमा प्रदेशसभाका ८७ जना र स्थानीय तहका प्रमुख/उपप्रमुख २ सय १७ जनाले मतदान गरेका थिए ।

प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख उपप्रमुख गरि ३ सय ५ जना मतदाता रहेकोमा रुपन्देही जिल्लाको मर्चवार गाउँपालिका उपप्रमुख आशा सिंह मतदानमा सहभागी भएनिन् ।

सिंह नेपाली प्रगतिशील पार्टीबाट स्थानीय तह उपप्रमुखमा निर्वाचित भएकी थिइन् । एमालेका रास्टि सभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएछि आज उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे