LISTEN LIVE RADIO

लमही महोत्सवलाई गायक टंक तिमिल्सिनाले तताए



लमही २५ माघ । दाङ देउखुरीको लमहीमा सञ्चालित महोत्सवमा बुधबार पनि दर्शकहरूको उल्लेख्य सहभागीता रहेको थियो ।

“कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार” भन्ने मुल नाराका साथ अजम्बरी सामुदायिक वनको पिकनिक स्थल (बिबिधता पार्क) मा देउखुरी उद्योग वाणिज्य संघ लमहीले आयोजना गरेको छैठौं देउखुरी कृषि पर्यटन तथा व्यापारीक महोत्सवको बुधबार चाैधाै दिन राष्ट्रिय ख्याती प्राप्त एवं चर्चित कलाकार गायक टंक तिमिल्सिना, गायिका एवं उद्घोषिका मञ्जु पाैडेल र गायक मनिष खड्काले दर्शकको भिडलाई आफ्नो सुमधुर गीतबाट माहोल तताएका थिए ।

उनीहरुले आफ्ना बेजोड प्रस्तुतिका साथ महोत्सवको माहोल तताएका थिए । आफ्ना चर्चित ट्रेन्डिङ्गमा रहेका गीतहरु दर्शक समक्ष प्रस्तुत गर्दै उनीहरुलाई भरपुर्ण मनोरञ्जन गराएका हुन् । पछिल्लो समय निक‌ै चर्चामा रहेका गायक टंकले छुच्ची मायालु, पैसा पैसा चिरिम्म, सनसनी सनसनी यो मुटु खाइरहने,
मेरी चम्पा, हुक्का बार लगायत करिव १ दर्जन गित गाएर दर्शकहरूलाई भरपुर्ण मनोरञ्जन दिएका थिए । गायक टंकले स्टेजमा गित गाइरदा दर्शकहरूले हुटिङ गर्दै नाचेर साथ दिएका थिए ।

त्यस्तै चर्तित मोडेल तथा डान्सरहरू अस्मिता रनपल र टीका जैशीले विभिन्न चर्चित गितहरूमा नृत्य देखाएर भरपुर्ण मनोरञ्जन दिएकाे मेला व्यवस्थापक विनोद बुढाथोकीले जानकारी दिएका छन् । यसै बीच महोत्सवको माघ २६ गते पन्ध्राै दिन बहुचर्चित लोकदोहोरी गायिका शान्तिश्री परियार, उद्घोषक दिपक खड्का लगायतका कलाकारहरू आउने मेला व्यवस्थापक बुढाथोकीले जानकारी दिएका छन् ।
महोत्सवमा करिव ५० हजार दर्शकले अवलोकन गर्ने र १ करोड बराबरको कारोबार गर्ने लक्ष्य आयोजकले राखेको छ । महोत्सव अवधिभर विभिन्न जातजाती तथा भाषाभाषीको संस्कृती झल्किने साँस्कृतिक कार्यक्रमहरु, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने बताइएको छ ।

महोत्सव अवधीभर अपाङगता भएका र जेष्ठ नागरिकहरुलाई परिचय पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । त्यस्तै सर्वसाधारणका लागि रु. १ सय तथा विद्यार्थीको हकमा रु ८० रुपैयाँ टिकटदर कायम गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे