वडा कार्यालय सार्ने निर्णय विरुद्ध स्थानीय आन्दोलित



वडा कार्यालय सार्ने निर्णय विरुद्ध स्थानीय आन्दोलित

तुलसीपुर ११ मंसिर । शान्तिनगर गाउँपालिका वडा नम्बर ३ को कार्यालय चिराघाटबाट पातेटाकुरा सार्ने निर्णय वडाले गरेपछि स्थानीय नागरिक त्यसका विरुद्धमा आन्दोलित भएका छन् ।

गत मंगलबार वडा कार्यालय सार्ने निर्णय वडाले गरेपछि स्थानीयले जनताको भावना बिपरित र अपाएक पर्ने ठाउँमा वडा कार्यालय सार्न लागेको भन्दै विहिवार वडा नम्बर ३ का वडा अध्यक्ष बुद्धिराम तिवारी लाई ज्ञापन बुझाएको छ। संघर्ष समितिका संयोजक तेजराम पौडेल को नेतृत्वमा गएको झन्डै दुई सय संख्यामा रहेका स्थानीयले अध्यक्ष तिवारी लाई ज्ञापन पत्र बुझाएको छ।

ज्ञापन पत्रमा भनिएको छ तीन दिन भित्र जनप्रतिनिधिले वडा कार्यालय सार्ने निर्णय सच्याउनु पर्ने र सबै नागरिक लाई पाएक पर्ने स्थानमा वडा कार्यालय हुनुपर्ने भनिएको छ। यदि निर्णय नसच्याएर आफुहरुको मागलाई व्यवास्ता गरेमा थप शसक्त संघर्षका कार्यक्रमहरु गरिने संघर्ष समितिले चेतावनी दिएको छ । संघर्ष समितिले वडा अध्यक्ष लाई ज्ञापन पत्र बुझाउने क्रममा फोटो खिच्दा संघर्ष समितीका सदस्य मीन राज ओलिको मोबाइल खोसेर एक घन्टा नियन्त्रणमा लिएकोमा दलित महिला अधिकार कर्मी राधिका परियारले प्रहरी हस्तक्षेपको घोर निन्दा गरेकी छन।

शान्ती पुर्बक ज्ञापनपत्र बुझाउन आएका स्थानीय नागरिकमा चिराघाट प्रहरी चौकी बाट खटिएका सुरक्षा कर्मिले गरिएको दुर्ब्यबहार प्रती पनि संघर्ष समितिले घोर आपत्ति जनाएको छ । हामी सान्ती पुर्बक रूपमा ज्ञापन पत्र बुझाउन आएका छौ तर हामी माथी दमन गर्न प्रहरी परिचालित गरियो यो दुखको कुरा हो समितीका संयोजक पौडेलले भने। ज्ञापनपत्र को बोधार्थ शान्तिनगर गाउँ पालिकाका अध्यक्ष कमान सिंह डाँगीलाई समेत बुझाइएको समितिका संयोजक पौडेलले जनाएका छन।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे