गुल्मीकाे हुलमा जीप दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु, ३ जना गम्भीर घाइते



गुल्मीकाे हुलमा जीप दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु, ३ जना गम्भीर घाइते

गुल्मी १२ मंसिर । गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने  २ जना गम्भीर घाइते भएका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–४ को हुल भन्ने स्थानमा लु १ ज ११६६ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हाे।

दुर्घटनामा इस्मा गाउँपालिका–४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धन बहादुर अछामी र मालिका गाउँपालिका–५ का ८० वर्षीया सुन्दरी थापाको ज्यान गएको इस्मा प्रहरी चौकीका इन्चार्ज मोहनलाल अधिकारीले जानकारी दिए ।

दुर्घटनामा इस्मा गाउँपालिका–४ हुलकै १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीया सरस्वती दर्लामी र सहचालक २५ वर्षीय कमल हितान घाइते भएका छन् । चालक बुद्ध बस्नेत सकुशल रहेका प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि गुल्मी अस्पताल पठाइएको छ ।

शुक्रबार बिहान इस्माबाट तम्घास आउँदै गरेको जीप दुर्घटनामा परेको हो । जीपमा चालकसहित ९ जना थिए । दुर्घटनामा परेको जीप सडकबाट करिब ४ सय मिटर तल खसेको छ । चालक र सहचालकलाई इस्मा प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधिहरु उद्धारमा जुटेको इस्मा गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे