LISTEN LIVE RADIO

राष्ट्रियसभा सदस्य उपनिर्वाचन : सत्तारुढ दलबाट एमालेका कुमार दसाैदीकाे मनाेनयन दर्ता



राष्ट्रियसभा सदस्य उपनिर्वाचन : सत्तारुढ दलबाट एमालेका कुमार दसाैदीकाे मनाेनयन दर्ता

दाङ ११ माघ । राष्ट्रिय सभा सदस्य उप निर्वाचनमा नेकपा एमालेका कुमार दसाैदीले मनाेनयन दर्ता गरेका छन् । सतारुढ दलकाे तर्फबाट उनले मनाेनयन दर्ता गरेका हुन् ।

दसाैदीकाे प्रस्तावकमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पाेख्रेल र समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्य मिनाकुमारी श्रेष्ठ समर्थक रहेका छन् । माघ २५ गते हुने उपनिर्वाचनमा आज मनाेनयनकाे कार्यतालिका थियाे ।

कांग्रेसकाे तर्फबाट माधव आचार्यले मनाेनयन दर्ता गर्दै छन् । नेकपा एमालेबाट निर्वाचित खिमलाल भट्टराइले राजिनामा दिएपछि रिक्त रहेकाे पदमा राष्ट्रियसभा सदस्य चयन गर्न उपनिर्वाचन गर्न थालिएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे